दोलखामा डेढ महिनामा ११ जोडीले गरे सम्बन्ध विच्छेद, वैदेशिक रोजगारी पहिलो कारण

 भदौ १९, २०७५ मंगलबार १५:६:३९ | उषा तामाङ

दोलखा – जिल्लामा डेढ महिनामा ११ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । धेरैजसो वैदेशिक रोजगारबाट फर्किएका र सामान्य घरझगडाका कारण सम्बन्ध विच्छेद गर्ने धेरै भएको जिल्ला अदालत दोलखाका जिल्ला न्यायाधीश कमलराज विष्टले जानकारी दिनुभयो ।

सम्बन्ध विच्छेदका लागि गएको साउनदेखि अहिलेसम्मा जिल्ला अदालतमा १६ वटा निवेदन परेका छन् । पाँच वटा निवेदन फछ्र्यौट हुन बाँकी छ । 

गएको वर्ष जिल्ला अदालत दोलखामा ६८ सम्बन्ध विच्छेदका उजुरी दर्ता भएकामा ५९ जनाको मुद्दा फछ्र्याैट भएको थियो । बाँकी नौ वटा निवेदन यो वर्षका लागि सारिएको थियो ।

गल्ती स्वीकार्न नसक्दा श्रीमान् श्रीमतीबीच नै असमझदारी बढेको र सम्बन्ध विच्छेदका लागि अदालत आइपुग्ने गरेको जिल्ला अदालत दोलखाका खरिदार कृष्ण पौडेलले बताउनुभयो । सम्बन्ध विच्छेद गर्नेमा २० देखि ३५ वर्ष उमेर समूहका रहेका छन् ।

विदेश गएर फर्किएपछि श्रीमान श्रीमतीबीच घरायसी समस्याले विवाद उत्पन्न भए पछि सम्बन्ध विच्छेद रोज्ने गरेका  जिल्ला अदालत दोलखाले जनाएको छ ।   

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया