रोजगारीका अवसर उपलब्ध गराउन जोर्डनलाई अनुरोध

 भदौ १९, २०७५ मंगलबार १६:३२:२२ | उज्यालो सहकर्मी

काठमाडौं – जोर्डनका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले नेपाली नागरिकका लागि रोजगारीका अवसर उपलब्ध गराउन जोर्डनलाई अनुरोध गर्नुभएको छ । 

जोर्डनको परराष्ट्र मन्त्रालयका प्रतिनिधसँग भएको छलफलमा राजदूत अर्यालले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा अगाडि बढाउने लगायतका विषयमा समेत छलफल भएको नेपाली दूतावास कायरोले जनाएको छ ।

साथै राजदूत अर्यालले जोर्डनका राजा अब्दुल्ला द्वितीय इब्न हुसेनलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । राजा हुसेनले राजदूत अर्यालको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सृदृढ बन्ने विश्वास व्यक्त गर्दै जोर्डन सरकारका तर्फबाट नेपाल र नेपालीको सुख शान्ति र समृद्धिको कामना गर्नुभएको थियो । 
 

तपाईको प्रतिक्रिया