ओमनमा रहेका नेपालीका लागि दूतावासले ल्यायो मोबाइल एप

 असोज २०, २०७५ शनिबार १३:४५:५४ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – ओमनमा रहेका नेपालीलाई प्रभावकारी रुपमा जानकारी र सूचना पुर्याउन  नेपाली दुतावासले मोबाइल एप सार्वजनिक गरेकाे छ । 

नेपाली दूतावास ओमनले ‘नेपालीज इन ओमन’ नामको मोबाइल एप्लिकेसन शुक्रबारबाट प्रयोगमा ल्याएको हो । शुक्रबार एक कार्यक्रमका बीच राजदूत शर्मिला ढकाल पराजुलीले एप सार्वजनिक गर्नुभयो । 

एपमा ओमनको भौगोलिक अवस्था, सरकारी निकायहरुको जानकारी , श्रम कानुन, संस्कृति, ट्राफिक नियम तथा आपतकालिन अवस्थामा सम्पर्क गर्न सकिने निकायहरुका बारेमा जानकारी रहेको राजदूत शर्मिला पराजुली ढकालले बताउनुभयो । 

नेपालबाट पहिलो पटक ओमन आउन लागेकालाई पनि यो एप उपयोगी हुने दूतावासको विश्वास छ । एपमा आवश्यक जानकारी थप्दै जाने पनि दूतावासले जनाएको छ । 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया