आइतबारका लागि सटही दर, विदेशी मुद्राको मूल्य निरन्तर उकालो

 असोज २१, २०७५ आइतबार १०:२०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गएको हप्ता थोरै घटबढ भएको विदेशी मुद्राको मूल्य यो हप्ता भने निरन्तर उकालो लागिरहेको छ । अमेरिकी डलरको मूल्य बढ्दा अरु देशका मुद्राको भाउ पनि बढेको हो । 

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ र बिक्रिदर ३२ रुपैयाँ ५० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र बिक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४२ र बिक्रिदर १० रुपैयाँ ४७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ६३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ ३३ पैसा र बिक्रिदर ३ सय १३ रुपैयाँ ९२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया