दिनार, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको भाउ उकालो लाग्यो

 असोज २३, २०७५ मंगलबार १०:३०:१६ | उज्यालो सहकर्मी

काठमाडौं – मंगलबार रियाल, दिर्हाम, रिंगिट र दिनारको मूल्य केही बढेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ र बिक्रिदर ३२ रुपैयाँ ६३ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रिदर २८ रुपैयाँ ६० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४० र बिक्रिदर १० रुपैयाँ ४५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८९ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ १२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ५० पैसा र बिक्रिदर ३ सय १५ रुपैयाँ ०९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया