विदेशी मुद्राको भाउ निरन्तर उकालो

 असोज २४, २०७५ बुधबार १०:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० र बिक्रिदर ३२ रुपैयाँ ७७ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रिदर २८ रुपैयाँ ७० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४४ र बिक्रिदर १० रुपैयाँ ४९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ७३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय १६ रुपैयाँ ४९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया