मेरो कथा मेरो भोगाई
-
१७ वर्षको उमेरमै कतार पुग्दा एसएलसी दिएको थिएँ । त्यो भन्दा माथि पनि पढ्न मन थियो । तर घरको आर्थिक अवस्थाले गर्दा मैले त्यो भन्दा धेरै पढ्न सकिन । त्यतिबेला गाउँबाट सबैजना विदेश गइरहेका थिए । मलाई विदेशको बारेमा थाहा थिएन । अरुले कमाइ हुन्छ भन्ने सुनाए । पढ्न पैसा थिएन । घरमा यतिकै बस्नु भन्दा त विदेश गएर कमाउँछु भन्ने लाग्यो । विदेश जान्छु भन्ने शब्द मेरो मुखबाट उम्कन नपाउँदै दलालले मैले सुनेको भन्दा पनि राम्रा कुरा सुनाए । एसीको पसलमा हो काम । उनले मलाई किन्न आउने गाह्रकलाई एसी देखाउने र घरमा गएर एसी फिट ग... पुरा पढ्नुहोस
-
पहिलाको बाँझो जमिनबाट अहिले कमाउन थालेको छु मेरो ६ जनाको परिवार छ । अहिले म मेरो परिवारसँगै रमाइरहेको छु । एक जना छोरा, एक छोरी अनि सासु ससुरा गरी ६ जना छौं । गएको वर्षसम्म हामी मंसिरको धान काटिसकेपछि २ रोपनी खेत बाँझै छोड्थ्यौं । तर यो वर्ष जमिन बाँझो छैन । यो कुरा मैले वित्तिय साक्षरता कक्षामा सिकें । कक्षामा भएको छलफलपछि त्यस्ता जमिनमा केहि न केहि लगाउनु पर्ने रहेछ भन्ने थाहा पाएँ । त्यसले नै हामीलाई विपन्नताबाट सम्पन्नतातिर लाने रहेछ भन्ने बुझें । त्यही बाँझो जमिन आम्दानीको स्रोत हुने रहेछ । बाँझो रहेको जमिनमा ९ सयक... पुरा पढ्नुहोस
-
विदेश उड्दा देख्ने सपना र यहाँको यथार्थ म १० वर्षदेखि युएईमा छु । अहिले फेसिलिटी मेनेजमेन्ट कम्पनी अन्तर्गत एयरपोर्टमा काम गर्छु । मलाई यहाँ नेपालीका समस्या कुरा गर्न मन लागेको छ । युएईमा रहेका नेपालीहरुका समस्या यी मात्रै हुन भन्न सक्ने अवस्था छैन । किनकी यहाँ रहेका नेपालीहरुले धेरै खालका समस्या झेलिरहेका छन् । कसैलाई त यहाँ छिरेदेखि नै समस्या सुरु हुन्छ । पहिलो कुरा त हामीलाई एउटा आश्वासन दिएर यहाँ ल्याइएको हुन्छ । परदेशिनेलाई पुरा हुने मात्रै होइन पुरा हुनै नसक्ने सपना पनि देखाएर ल्याइन्छ । तर यथार्थमा हुँदैन । त्यो सपना सपन... पुरा पढ्नुहोस
-
गार्मेन्टको सीप सिक्न झोला बोकेर काठमाडौं आएपछि मेरा दुई छोरी छन् । छोरीहरु साना हुँदा घरव्यवहार चलाउन खासै गाह्रो थिएन । छोरीहरु ठूला भए । दायित्व पनि बढ्यो । श्रीमानले विदेश जाने सल्लाह गर्नुभयो । यहाँ गरेको कामले हामी हामीलाई खान त पुग्छ तर छोरीहरुलाई राम्रो स्कुल पढाउने भनेर नै हो उहाँले विदेश जाने निधो गर्नुभएको । तर मेडिकल गर्दा छातिमा दाग देखियो । उहाँको मेडिकल अनफिट भएपछि म नै विदेश जान्छु भनेर श्रीमानसँग भनेँ । उहाँले पनि राम्रो कामका पाए मात्रै जानु भन्नुभयो । पासपोर्ट चाहिँ बनाएर राख्नु प¥यो काम राम्रो मिल... पुरा पढ्नुहोस
-
जोर्डनमा पैसासँगै सीप पनि कमाएँ मेरो आफ्नै टेलर्स थियो । लुगा सिलाउन जानेको थिएँ । लुगा सिलाएर मेरो ज्यान पालेको थिएँ । मेरो बहिनी जोर्डनमै थिइन् । उनले नै मलाई जोर्डनको बारेमा बताएकी हुन् । ‘सिलाइ जानेका मान्छेलाई यहाँ त राम्रो हुन्छ’ उनले फोनमा भनेको यो कुराले मलाई पनि एक पटक विदेश जानुपर्यो भन्ने लाग्यो । सन् २०१४ मा जोर्डन गएको हुँ । सिलाइको काम जानेपनि त्यहाँ जानकै लागि भनेर सीप सिकेको थिइन । काममा गएको दिन नै सिलाइ आउछ भनेर सोधे । जानेको सीप आउछ भन्दिएँ । तर कम्पनीमा वरिपरी हेरें । अरुले मेसिन... पुरा पढ्नुहोस
-
मलाई त आफन्तले नै ठगे सरकारले हिजोआज युवालाई देशमै रोजगारीको अवसर दिने भनेर खुबै भाषण गरेको सुन्छु । चुनावमा भोट हालियो । नेताले जिते । तर खै हाम्रो जित हुने दिन कहिले आएन । म एक वर्षअघि कतारबाट फर्किएको हुँ । गाउँघरका चिनेजाने सबैलाई कामको लागि भने काम मिलेन । नेपालमै केही गर्छु भन्दा हामीलाई कुनै अवसर मिल्दैन । अनि दिनको १५ सय युवा विदेश जान्छन् भनेर गन्ती गरेर मात्र हुन्छ र ? यही केही मिलेको भए म ठगिने थिइन कि । मलाई त आफन्तले नै ठगे । युएईमा राम्रो काम छ भनेर सुनाए । काम नपाएर बिरक्तिएको बेलामा विदेशमा ... पुरा पढ्नुहोस
-
विदेशको कमाईले आमाका गरगहना फिर्ता गरेँ ऋणमा डुबेको थियो हाम्रो परिवार । आमाको कानका गहना बेचिसकेका थियौं । घर चलाउने पैसा थिएन । एक्लो छोरा हुँ म । बुवा किसान । अब बुवाले कमाएर यो घर व्यवहार उकास्ने पनि बिकल्प बाँकी थिएन । भारत गएर मैले आइएस्सी गरें । तर मेरो पढाइ अनुसारको काम पाइन । किसानको छोरो म । मेरो बुवाको कुनै राजनीतिक दलका नेतासँग चिनजान थिएन । न मैले नै चाप्लुसी गर्न जानेको थिएँ । जागिर पाइएन । त्यसैले म नै विदेश जाने भएँ । लेवर भिसामा युएई गएको हुँ । सुरुवातमा निकै दुःख भयो । तर समयसँगै बढुवा हुँदै गयो । काम... पुरा पढ्नुहोस
-
मलेसियाले खुट्टा खायो, मैले क्षतिपूर्ति पाउँछु होला त ? घरमा आम्दानीको स्रोत कुनै थिएन् । जसो गरेपनि बिहान बेलुकाको छाक टार्ने धौ धौ भयो । नेपालमा भन्दा धेरै पैसा कमाउने ठाउँ मैले विदेश नै देखें । २०६९ सालमा म काठमाडौंमा रहेको प्रिज्मा ओभरसिस् इम्प्लोइमेन्ट प्रलिबाट मलेसिया गएँ । काम सामसङ इलेक्ट्रोनिक कम्पनीमा थियो । यो कम्पनीमा जान मैले एक लाख ८० हजार रुपैयाँ तिरें । म्यानपावरले विदेशमा काम राम्रो छ भनेको थियो । कम्पनी पनि राम्रो नै हो । दुई वर्ष नौ महिना भएको थियो । काम सकेर फर्किदै थिएँ । बाटो काट्दा गाडीले हान्यो । साथीहरुले अस्पताल लगेछन् । म... पुरा पढ्नुहोस
-
युद्धमा होमिएका सेनालाई खाना सप्लाई गर्ने काम गरें हिजोआज त सबैतिर वैदेशिक रोजगारका बारेमा सुन्न पाइन्छ । तर म जाने बेलामा सूचना दिने पनि कोही थिएनन् । काठमाडौंमा एक सहकारीमा काम गर्थें । त्यहाँको कमाइले खासै नपुग्ने । सबैजनाको सल्लाहमा विदेश जाने निधो भयो । देश छानेँ कुवेत । भिजिट भिसामा जाने भइयो । काम राम्रो छ यो काममा काम गर्ने भिसा यतैबाट लगाउन मिल्दैन भनेपछि भिजिट भिसामा गएको हो । तर मलाई भिजिट भिसाको बारेमा थाहा थिएन । सन् २००४ मा ६० हजार रुपैयाँ म्यानपावरलाई बुझाएर कुवेत गएँ । वायर हाउस भनेका थिए । म त बिजुली स... पुरा पढ्नुहोस
-
हिसाब राख्न थालेपछि घरमा झगडा हुन छाड्यो म अहिले ५० वर्षको भएँ । मेरो जेठो छोरा साउदी गएको छ । माइलो चाहिँ कतार । जेठो छोराले चार वर्ष भयो विदेशमा पसिना बगाउन थालेको । विदेशबाट महिनाको ३० हजार रुपैयाँ आउँछ । हामीले पनि गाउँमा बाख्रा, भैंसी पालेका छौं । खेतीपाती पनि गछौं । पहिले पहिले मलाई घरमा भएको आम्दानी र खर्चको विवरण थाहा हुँदैन थियो । कताबाट आयो कताबाट गयो पत्तो नहुने । तरवैदेशिक रोजगारमा गएकाका परिवारलाई हरहिसाब राख्ने(वित्तिय साक्षरता) कक्षा लिन थाले त्यसपछि भने मैले खर्च र आम्दानीको हरहिसाब राख्नु पर्छ भन्ने जानें । आ... पुरा पढ्नुहोस
-
उपचार नपाएर मलेसियामै मर्ने भएँ lsquo;छोराछोरीलाई राम्रो स्कुल पढाउँला, परिवारलाई सुखले पालुँला,’ मलेसिया लाग्नुको मुख्य कारण र सपना यही थियो । मेरा दुई छोरा र एक छोरी छन् । २०७३ सालमा म मलेसिया आएँ । परिवारलाई सुख दिउँ भन्ने त सबैको सपना हुन्छ नै । त्यसमा मलजल गर्यो म्यानपावरले । मलाई काठमाडौंको महाराजगञ्जमा रहेको क्रस नेपाल ओभरसिजले मलेसिया पठाएको हो । टप ग्लाेब कम्पनीमा मासिक ७० हजार रुपैयाँ कमाइ हुन्छ भनेका थिए म्यानपावरका मानिसले । त्यसका लागि मैले एक लाख २० हजार रुपैयाँ बुझाएको छु । तर मलेसिया आएपछि ... पुरा पढ्नुहोस
-
विदेशबाट धन्न समयमै फर्किएछु सन् २०१० मेरा लागि आँखा खुलेको वर्ष हो । २८ वर्ष लागिसकेको थिएँ । २८ वर्षको हुँदा मात्र आँखा देख्ने म दृष्ट्रिविहीन भने थिइन । २८ वर्ष लाग्दा समेत मैले जीवन बुझेको रहेनछु । मैले जीवनलाई देख्ने आँखा त्यतिन्जेलसम्म फरक थियो । यति हो साउदीमा दुई वर्ष विताएपछि मैले २८ वर्षसम्म लगाएको चस्मा फेरें । जीवन प्रतिको बुझाइ फेरियो । विदेश बुझियो । दुःख बुझियो । त्यसैले त आँखा खुल्यो । २८ वर्षको उमेरमा बिहे गरें । बिहे अघिसम्म गाउँमा सानोतिनो व्यापार थियो । खर्च चलेको थियो । कमाउनु पर्छ भन्ने पनि भएन । त... पुरा पढ्नुहोस
-
मलेसिया पुगेको भोलिपल्टै साहुले तिमीहरु बेचिएका जनावर हौ भन्यो म मलेसिया आएको झण्डै ३ वर्ष हुन लाग्यो । म एसटिएस नामको कम्पनीमा भनेर आएको थिएँ । यहाँ आइसकेपछि कन्ट्र्याक्ट रहेछ भन्ने थाहा पाएँ । त्यसले ठगिएँ कि भन्ने त लागिरहेको थियो । केही साथीहरुले आफूहरु कम्पनीकै काममा भनेर आएको भन्दै गुनासो गरे । तर कम्पनीका साहुले ‘तिमीहरु बेचिएका जनावर हौ, धेरै कुरा नगर’ भनेपछि साथीहरु रोए । म चाहिँ रोइन । किनकी म अहिलेसम्म दुःखमा रोएको छैन । त्यसको केही दिनमा धेरै वटा कम्पनीबाट हामीलाई छान्न मान्छे आए । सुरु सुरुमा उनीहरुले चट्ट ज्यान मिलेका... पुरा पढ्नुहोस
-
सीपको कमाल : पहिला काम गर्थे, अहिले अरुलाई काम लगाउँछु सानैदेखि विदेश कस्तो होला भन्ने सोच्थें । गाउँका दाइ विदेशबाट फर्किएको दिन गाउँमा हल्ला हुन्थ्यो । फलानाको छोरा आयो रे । टन्न पैसा कामायो रे भनेको सुन्दा मलाई पनि विदेश जाउँ जाउँ लाग्यो । एसएलसी पास गरें । कलेज भर्ना त भइयो तर पढ्न मन फिटिक्कै लागेन । जसोतसो प्लस टु पास गरें । कलेज पढ्दा पढ्दै इलेक्ट्रिसियनको काम सिकेको थिएँ । हातमा एउटा सीप भएकाले मलाई यही काममा विदेश जाउँ जस्तो लाग्यो । भिसाका लागि धेरै जनालाई पासपोर्ट दिएँ तर भिसा आउनु भन्दा पहिले नै पैसा माग्ने । एक दुई जनालाई पैसा पनि दिए... पुरा पढ्नुहोस
-
पैसा उठाएर आफ्नै साथीको लास पठाउँदाको क्षण सम्झन मन लाग्दैन् खाडीका देशमा रोजगारीमा जाँदा धेरै नेपालीले दुःख पाएका छन् । मैले पनि खाडीमा झण्डै १२ वर्ष पसिना बगाएको छु । अझ भनौं मेरो जीवनको महत्वपूर्ण समय मैले परदेशमा एक्लै बिताएको छु । कतारमा सेक्युरिटी गार्डको काम थियो मेरो । पहरेदारको काममा मैले कतारमा १० वर्ष बिताएँ । काम ठिकठाक थियो । मलाई सबै कुरा चित्त बुझेको थियो । ५० देखि ६० हजार बचाउथें । घर व्यवहार मैले ढुक्कैले धानेको थिएँ । भाइबहिनीको बिहे गरिदिएँ । मैले काममा त्यस्तो धेरै हैरानी सहनु परेन । सुरुवातमा भाषा नजान्दा चाहिँ अलिक दुः... पुरा पढ्नुहोस
-
क्रिकेट खेल्दा त धेरैपटक जिते तर विदेशको दुःखलाई जित्न सकिन मेरो नाम नौसद अहमद । नौसद अथवा राम्रो, हँसमुख मान्छे । म आफूलाई यसै भनेर चिनाउन चाहन्छु । मेरो जीवनमा सबथोक नौसद नै रह्यो । पढाई र क्रिकेट पनि नौसद थियो । क्रिकेट खुव राम्रो खेल्छस् भन्थे । धेरै प्रतियोगिता जितियो पनि । खेल खेलेर केहि भएन । न सरकारले हामिलाई सहयोग गर्यो, न त सधैभरी खेलेरै जीवन बिताउने सक्ने घरको अर्थिक अवस्था थियो । त्यसैले विदेश जाने निर्णय गरेँ । काम र कमाइको बारेमा बुझ्दा कतार जाने निधो भयो । २०७२ सालमा म कतार गएँ । कतार गएपछि यो हँसमुख मान्छेलाई भाग्यले ... पुरा पढ्नुहोस
-
विदेशमा नयाँ हुँदा नेपालीले नै सहयोग नगर्दा रहेछन् पढ्नका लागि कलेज जान्थेँ । तर पढ्न त मनै नलाग्ने । कलेज गएपनि नपढेपछि के गर्नु फेल भएँ । १२ कक्षा फेल भएपछि के गर्नु विदेश जाने सोचें। भर्खरै २२ वर्ष लागेको थिए । फेल भएको सुरमा म सन् २००६ मा कतार लागेँ । पाइप फिटरको काम । मलाई त सुरुमा त साह्रै गाह्रो भयो । एक सय १४ इन्चसम्मको ग्यास पाइपमा काम गरेँ । नयाँ गएकालाई त नेपालीले नै पनि राम्रो व्यवहार नगर्ने । त्यो बेला त नेपाली देख्दा बोलिदिए मात्र पनि हुन्थ्यो, यसो के छ मात्र भनिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर पुरानाले न... पुरा पढ्नुहोस
-
वैदेशिक रोजगारीले हुने तनाव र व्यवस्थापन गर्ने तरिका वैदेशिक रोजगारले पैसा मात्रै भित्र्याएको छैन, यसले सामाजिक र मानसिक समस्या पनि ल्याएको छ । वैदेशिक रोजगारको कारण स्वयम कामदार र उनका परिवारमा विभिन्न खालका तनाव परेको देखिन्छ । वैदेशिक रोजगारमा गएका सबैलाई तनाव छ भन्न मिल्दैन र हुँदैन पनि । तर के चाहिँ भन्न सकिन्छ भने वैदेशिक रोजगारमा गएका धेरै व्यक्ति र उनका परिवारमा केही न केही समस्या परेको छ । त्यसले तनाव निम्त्याएको छ । वैदेशिक रोजगार जबसम्म सुरक्षित हुँदैन तबसम्म विभिन्न समस्याको सामना गरिरहनुपर्ने देखिन्छ । वैदेशिक रोजगार... पुरा पढ्नुहोस
-
मलेसिया जाने नेपालीलाई विभेद र दुर्व्यवहार एयरपोर्टबाटै सुरु हुन्छ मलेसिया आउने नेपाली धेरै समस्यामा परिरहेका छन् भन्ने कुरा चर्चा भइरहन्छ । उनीहरुको समस्या मलेसिया आएर काम गर्न थालेपछि होइन मलेसियाको एयरपोर्टमा ओर्लिंदादेखि नै सुरु हुन्छ । एयरपोर्टमा एउटा कोठा हुन्छ । त्यो कोठामा ५ सय भन्दा धेरै नेपालीलाई कोचेर राखिएको हुन्छ । बिमान आउँदा सबै थालेका हुन्छन् । तर उनीहरुले सुखले बस्न पनि पाउँदैनन् । उनीहरुलाई कम्पनीको मान्छे कति बेला लिन आउला भन्ने चिन्ताले सताइरहेको हुन्छ । कम्पनीको मान्छेलाई १२ घण्टादेखि १५ घण्टासम्म पर्खिनुपर्छ । त्यतिबेला निद्राले था... पुरा पढ्नुहोस
-
बिहे गरेको एक महिनामै श्रीमती छोडेर विदेशिनु पर्दा मेरो जीवनमा पनि प्राय सबैको जस्तै संघर्षमै बितिरहेको छ जस्तो लाग्छ । कक्षा १२ सम्मको पढाई सके पछि लाहुरे(आर्मी) हुन २०६१ देखि २०६३ सालसम्म चार पल्ट प्रयास गरें । मेरो गाउँ दिक्तेलकाे साेल्माका धेरै आर्मी भएका छन् । त्यसैले मलाई पनि आर्मी हुने मन थियो । चार पल्ट प्रयास गरेको पनि हुँ तर सकिन्ँ । लाहुरे हुन नसकेपछि पढ्न मन लागेन । छोडिदिएँ । दुई जना आमासहितको १० जनाको परिवार छुट्टा छुट्टै बस्थ्यौं । घरको जेठो भएकोले परिवारको जिम्मेवारी पनि मेरो काँधमा आउँदै थियो । धरानमा बस्दा समयको सद... पुरा पढ्नुहोस
कुन देश कस्ता
-
बहराइन बहराइन अर्थ ‘दुई समुन्द्र’ हो । बहराइन साउदी अरबको तटबन्ध फारसी खाडीमा रहेको एक द्वीपसमू... थप जानकारी
-
इजरायल
वैदेशिक रोजगार: प्रश्न उत्तर
-
वैदेशिक रोजगारमा रहेको व्यक्तिको परिवारले क्यान्सर जस्तो रोग लागेमा नेपाल सरकारबाट कस्तो सहायता पाइन्छ ?
इन्द्र कार्की
थप प्रश्नहरु
- कम्पनी बन्द भएर करार अवधी नसकी नेपाल फर्काएमा के कस्तो सहायता पाइन्छ ?
- कतारबाट तीन महिना नपुग्दै फर्किए कहाँ कस्तो क्षतिपूर्ति पाइन्छ ?
- मेडिकल अनफिट भएर फर्किए कति दिन भित्र उजुरी गर्दा क्षतिपूर्ति पाइन्छ ?
- मेडिकलमा अनफिट भएर पनि दलालले फिट छौ भनेर एक लाख ५० हजार लियो। कसरी फिर्ता लिने ?
- अहिले म स्नातक पहिलो वर्षमा बढ्दै छु। म विदेश जान चाहन्छु तर कुनै सीप छैन। मैले के गर्नु पर्ला ?
रेडियो कार्यक्रम
-
देश परदेश ३०३
कार्यक्रम देश परदेशको अंक ३०२ अवसरको खोजिमा विदेशिने नेपालीहरुमा केन्द्रित छ । कार्यक्रममा रुकुमका प...
Download Podcast -
देश परदेश ३०२
Download Podcast -
देश परदेश ३०१
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।