MENU

प्रश्न उत्तर

  • वैदेशिक रोजगारीमा जानको लागि पुलिस रिपोर्ट बनाउनु पर्छ कि पर्दैन ?

    प्रश्नः विदेश जानको लागि पुलिस रिपोर्ट बनाउनु पर्छ कि पर्दैन ? दुवई, कतार, कुवेतको लागि ? यदि बनाउनु परेको खण्डमा कहाँ गएर बनाउने कति लाग्छ यो कुरा प्रष्ट पारिदिनुहोला। उत्तरः रिदम​ जी, रोजगारीका लागि कुवेत जाँदा प्रहरी रिपोर्ट अनिवार्य चाहिन्छ। त्यसका लागि तपाईंले जिल्ला प्रहरी कार्यालय अथवा काठमाडौंमा रानीपोखरीमा रहेको प्रहरी कार्यालयमा गएर प्रहरी रिपोर्ट लिन सक्नुहुन्छ। यस्तै सेक्युरिटि गार्डमा दुवई र मलेसिया जाँदा भने कतिपय कम्पनीले मागे पनि सबैले माग्दैनन्। मागेको खण्डमा तपाईंले तोकि...

    रिदम श्रेष्ठ / तनहु

  • कतारमा हराउनु भएको मेरो बुवालाई कसरी खोज्न सक्छु ?

    प्रश्नः मेरो बाबा २०६३ सालमा कतार जानुभाको थियो।  कतार गएको २ वर्ष पछाडी इलिगल हुनुभको थियो। त्यपछाडी अहिले सम्म उहाँको कुनै खबर छैन । उहाँलाई खोज्नका लागि वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थाबाट कस्तो सहयोग हुन्छ ? म अहिले ईटहरी सुनसरीमा छु। सुनसरीमा त्यस्तो संस्था कहानिर छ ?  कृपया तपाईहरुलाई थाहा छ भने बताईदिनुहोला । उत्तरः राजेश भण्डारी, अधिवक्ता, पिपुल फोरम -निर्मला जी, तपाईंको बुवाको उद्धारको लागि कन्सुलर शाखाको अनलाइन सेवामा (लिङ्क- http://nepalconsular.gov.np/services-Leg...

    निर्मला राई / भोजपुर

  • सेक्युरिटी गार्डमा साउदी अरब जान पाइन्छ कि पाईदैन् ?

    प्रश्नः सेक्युरिटी गार्डमा साउदी अरब जान पाइन्छ कि पाईदैन् ? उत्तरः नरेश जी, साउदीमा सेक्युरिटी गार्डको काममा जान पाइन्छ। तर त्यहाँबाट थोरै माग मात्रै आउँछ । साउदीका रोजगारदाताले अफिस व्वाई, वाच मेन लगायतको भिसामा लगेर सुरक्षा गार्डको काममा लगाउने गरेका छन्। म्यानपावर व्यवसायीका अनुसार सेक्युरिटी गार्डकै भिसामा नेपाली युवालाई काम दिने रोजगारदाता साउदीमा कमै छन्।

    नरेश मगर

  • म सिबिटी परीक्षा दिएर कोरिया आउन पाउँछु कि पाउँदिन ?

    प्रश्नः म कोरिया आएको पाँच वर्ष पुग्न लाग्यो। यहाँ आएको आठ महिनामा कम्पनी परिवर्तन गरें। कम्पनी परिवर्तन गरेको तीन महिना नबित्दै दुर्घटनामा परेर मैले हातको चार वटा औंला गुमाएँ। अहिले म दुर्घटना भएको कम्पनीमा नै काम गर्दैछु। पोहोर छुट्टीमा घर गएर पनि फर्कें। मलाई यो कम्पनीले फेरि बोलाउँछ कि बोलाउँदैन्? अनि म सिबिटी परीक्षा दिएर कोरिया आउन पाउँछु कि पाउँदिन ? उत्तरः बेनामे साथी, चार वर्ष १० महिना कोरियाको एउटै कम्पनीमा काम गरेर फर्केकाहरुले प्रतिबद्ध कामदारका रुपमा पुनः त्यै कम्पनीमा काम गर्न जा...

    नाम/ ठेगाना उल्लेख नभएको

  • मेडिकल रिपोर्टमा होलोग्राम स्टिकर टाँस्न पैसा लाग्छ भन्ने सुनेको छु। यो कुरा साँचो हो कि होइन् ?

    प्रश्नः  मेडिकल रिपोर्टमा होलोग्राम स्टिकर टाँस्न पैसा लाग्छ भन्ने सुनेको छु। यो कुरा साँचो हो कि होइन् ? उत्तरः बेनामे साथी, रिपोर्टमा होलोग्राम स्टिकर टाँस्न यसअघि मेडिकल सेन्टरले कामदारबाट पाँच सय रुपैयाँ लिने गरेको थियो। तर अहिले ५० रुपैयाँ मात्रै तिरे पुग्छ। होलोग्राम स्टिकरको पैसा मेडिकल शुल्कमा जोडिएको हुन्छ। अनि, मेडिकल रिपोर्टमा होलोग्राम अनिवार्य रुपमा टाँस्नुपर्छ भन्ने पनि छैन।...

    नाम/ ठेगाना उल्लेख नभएको

  • करार अवधि नसकेरै फर्के पछि फेरी साउदी नयाँ राहदानीमा जान पाउँछु कि पाउँदिन ?

    प्रश्नः झण्डै दुई वर्ष अघि म साउदी गएको थिएँ। स्वास्थ्यमा अचानक गडबडी आए पछि म तीन महिनामा नै नेपाल फर्किएँ। म अहिले नेपालमा नै छु। साउदीको भीसा लागेको पासपोर्ट हरायो। अनि मैले अहिले नयाँ पासपोर्ट बनाएको छु। अब म साउदी जान पाउँछु कि पाउँदिन ? उत्तरः रविन जी, स्वास्थ्य अवस्था खराब भएका कारण साउदीबाट फर्काइएको हो भन्ने तपाईंले पठाएको प्रश्नमा खुले पनि कुन रोगका कारण हो भन्ने खुलेको छैन् । नेपाल फर्केपछि उपचार गराउनु भयो नै होला । अनि, उपचार पछि तपाईंको स्वास्थ्य समस्या समाधान भयो होला। यसबारे वै...

    रविन बुढाथोकी

  • इजरायल जानका लागि प्रक्रिया कसरी अघि बढाउनु पर्छ ?

    प्रश्नः इजरायल जानका लागि प्रक्रिया कसरी अघि बढाउनु पर्छ ? मैले एसएलसी पास गरेको छु। अरु कुनै तालिम लिएको छैन्। उत्तरः प्रकाश जी, केयर गिभरका काममा मात्रै इजरायल जान सकिन्छ। त्यसैले त्यस काममा चाहिने सिपका लागि तालिम अनिवार्य लिएको हुनुपर्छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट मान्यता प्राप्त वा वैदेशिक रोजगार विभागमा सूचिकृत भएका संस्थाले तीन महिनाको केयर गिभर सम्बन्धी तालिम दिने गरेका छन्। अथवा मान्यता प्राप्त निकायबाट प्राक्टिकल नर्सिङ पूरा गरी प्रमाणपत्र लिएकाहरुले पनि केयर गिभरका लागि आवेद...

    प्रकाश लिम्बू / फिदिम, पाँचथर

  • हामीले अहिले कार्यरत देशबाटै बीमा गर्न के गर्नुपर्छ ? अनि कुन कुन रोग लागेमा क्षतिपूर्ति कति पाइन्छ ?

    प्रश्न: अहिले सरकारले बीमा शुल्क बढाएको सुनेको छु । हामीले अहिले कार्यरत देशबाटै बीमा गर्न के गर्नुपर्छ ? अनि कुन कुन रोग लागेमा क्षतिपूर्ति कति पाइन्छ ? उत्तर: पुजन ढुंगेल अधिकारी, उपनिर्देशक,  बीमा समिति- रतन जी, बीमा नविकरणको लागि सम्यन्त्र बन्दै छ, चाडै हुन्छ। बीमा शुल्क बढेको छ साथ-साथै सुबिधा पनि बढेको छ। पहिला critical illness भनेर १५ वटा रोग छुट्टाएका थियौं ती रोग लाग्दा बीमाले कभर हुदैन थियो। अहिले यी १५ वटा मध्य कुनै पनि रोग लाग्दा बीमकले बीमीतलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन्छ...

    रतन शर्मा/ कतार

  • श्रम स्वीकृतिको म्याद हुँदाहुदै फेरि अर्को श्रम स्वीकृती लिनुपर्छ कि पर्दैन ?

    प्रश्न :मेरो वैदेशिक रोजगारी श्रम स्वीकृती २ बर्षको छ। यहि २ बर्ष बिचमा म बिदामा फर्किएँ भने (श्रम स्वीकृतिको म्याद हुँदाहुदै) फेरि अर्को श्रम स्वीकृती लिनुपर्छ कि पर्दैन? उत्तर : चन्द्र जी, तपाईंको श्रम स्वीकृतिको अवधि बाँकी भएकाले फर्केर जान फेरि अर्को श्रम स्वीकृती लिनु पर्दैन। तर केहि महिनापछि नै तपाईंको श्रम स्वीकृति सकिदैछ भने विदेश फर्कनअघि श्रमस्वीकृति लिएरै जानु बुद्धिमानी हुन्छ। विदेशबाटै श्रम स्वीकृति लिन झञ्झटिलो प्रक्रिया गर्नुपर्ने हुन्छ। श्रमस्वीकृति नभएको खण्डमा विद...

    चन्द्र गुरुङ

  • सरकारले अब देखि भारत जान पनि पासपोर्ट चाहिने गरी तयारी गरिहरेको भन्ने सुनेको छु। यो साँचो हो?

    प्रश्नः सरकारले अब देखि भारत जान पनि पासपोर्ट चाहिने गरी तयारी गरिहरेको भन्ने सुनेको छु। यो साँचो हो? उत्तरः  बम जी, भारत जान पासपोर्ट चाहिन्छ भन्ने सत्यता छैन्। भारतमा रोजगारी गर्न जानेहरुलाई पनि सरकारले खाडीका देशहरु, मलेसिया जाने जस्तै गरी व्यवस्थित गर्ने तयारी भने गरिरहेको छ। रोजगारीका लागि भारत जानेहरुका लागि बिमा गर्ने तयारी भने गरिँदै छ। उनीहरुको तथ्याङ्क राख्ने तयारी पनि हुँदैछ। त्यसका लागि सरकारले कार्यदल बनाएको र तीन महिनापछि अरु निर्णय हुनेछ।...

    बम खड्का

  • वैदेशिक रोजगारीमा जान कहाँ सम्पर्क गर्ने होला ?

    प्रश्नः म वैदेशिक रोजगारीमा जान चाहन्छु। तर यसबारे मलाई यस बारे केही पनि थाहा छैन। कहाँ सम्पर्क गर्ने होला ? उत्तरः तुलबहादुर जी, सात सय ५४ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउँछन्। काठमाडौंमा रहेका ती म्यानपावरबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वेभपेज nafea.org.np बाट जानकारी  लिन सकिन्छ। विदेशका कम्पनीबाट ती म्यानपावरले डिमाण्ड ल्याउँछन्। त्यसैका आधारमा नेपालबाट कामदार पठाउँछन्। उनीहरुले दैनिक पत्रपत्रिकामा विदेशमा कामदारको माग भएकोबारे विज्ञापन गरेका हुन्छन्। विज्ञापनमा ...

    तुलबहादुर थापा/ जाजरकोट

  • सेल्स र मार्केटिङमा वैदेशिक रोजगारीमा जान कसरी सकिन्छ ?

    प्रश्नः म विदेश जान चाहन्छु। अध्ययन प्रमाणपत्र तह उत्तिर्ण छुँ।  सेल्स र मार्केटिङमा रुचि छ। उमेर २२ वर्ष। अब म के कसरी अगाडी बढ्न सक्छु बताईदिनुहोला। उत्तरः तिलक जी, सेल्सम्यान र मार्केटिङको कामका लागि युएई, साउदी अरब, कतार, कुवेतजस्ता खाडीका देशहरुबाट प्रशस्त अवसर आउँछन्। त्यसका लागि कामदारको माग ल्याएका म्यानपावर कम्पनीमा सम्पर्क राखेर प्रक्रिया अघि बढाउन सक्नुहुन्छ। मागपत्रबारे म्यानपावरले दैनिक पत्रिकामा पनि विज्ञापन छपाएका हुन्छन्। तर प्रक्रिया बढाउनुअघि त्यो म्यानपावरले वैधानिक रुप...

    तिलक बञ्जाडे/ अर्घाखाँची

  • म्यानपावरलाई एक लाख पैतालीस हजार तिरेर दश हजारको भार्पाइ लिएर जाउँ ?

    प्रश्नः म दुवईमा वाचम्यानको लागि अन्तरवार्ता दिएर जाने तर्खरमा छु।  म्यानपावरलाई लागत खर्च बारेमा सोधखोज गर्दा मेरो अफिस खर्च जोडेर कुल रकम एक लाख पैतालीस हजार लाग्छ भन्यो। तर भर्पाइ चाहि दश हजारको मात्र दिन्छ रे। विमानस्थलमा सोधपुछ गरे पनि दश हजार नै भन्नुपर्छ नत्र झन्झट आइलाग्छ र विदेश जान पाइन्न रे। त्यसैले हामीले भने अनुसार गर वा आफ्नो पासपोर्ट फिर्ता लिएर जाउ भनेको छ। म विदेश गएर कुनै समस्या परि फर्कनु परे कुन उपायले कहाँ गएर तिरेको रकम उठाउने ? यस्तै समस्या मेरै ६ जना साथीहरूको छ। अब ...

    ईन्दल खाङ्ग/ सप्तरी

  • कतारमा कफला प्रणाली खारेज भइसकेपछि गरिरहेको काम छाडेर अन्य काम गर्न पाउँछु?

    प्रश्नः म चार महिना देखि कतारको ग्रुपफोर सेक्युरीटी कम्पनीमा काम गरिरहेको छु। अहिले कतारमा कफला प्रणाली खारेज भएको छ। अब म सेक्युरीटी गार्डको काम छाडेर अन्य काम गर्न चाहान्छु। मैले गर्न पाउँछु की पाउँदिन? उत्तरः प्रोफेसर डा. रमजान अलि मिया, मानवअधिकार समिति कतार, नेपाल प्रतिनिधी  - सर्बप्रथम तपाईंको कतारको आवासिय भिसा (रेसिडेन्ट परमिट) लागिसकेको छ भने तपाईंले आफ्नो एग्रीमेन्ट पुरा गर्नुपर्ने हुन्छ। दोस्रो तपाईंको आवासिय भिसा लागेको छैन, सेक्युरीटीको भिसामा हुनुहुन्छ र एग्रीमेन्ट पनि भएको ...

    रतन शर्मा

  • म विदेश जान सक्दिन भन्दा मेरो पासपोर्ट फिर्ता पाउँछु कि पाउँदिन?

    प्रश्नः मैले कतार जानको लागि मोरङको उर्दाबारीमा रहेको म्यानपावरको एजेण्टलाई पासपोर्ट बुझाएको थिए। मैले अन्तरवार्ता र मेडिकल पनि पास गरे। त्यसको १५ दिनमा भिसा आउछ भनेको थियो तर चार महिना बितिसक्दा पनि भिसा आएन। त्यस पछि म पनि बिरामी भए।  म अब जान सक्दिन मेरो पासपोर्ट फिर्ता दिनु भन्दा दिनु भएको छैन। अब म जान सक्दिन भन्दा मेरो पासपोर्ट फिर्ता पाउँछु कि पाउँदिन? उत्तरः प्रदिप जी, कानुन अनुसार तपाईंको पासपोर्ट कुनै संस्था वा व्यक्तिले तीन महिना भन्दा धेरै समय राख्न वा ‘होल्ड’ गर्न...

    प्रदिप बोहरा / पाँचथर

  • भीसा आउन यति धेरै समय लाग्छ र ?

    प्रश्नः मैले म्यानपावरमा पासपोर्ट दिएको ६ महिना भयो । अन्तर्वार्ता पास गरिसकेको छु । तर भीसा आएको छैन् । म्यानपावरमा बुझ्दा वैदेशिक रोजगार विभागले डिमाण्डमा साइन गरेको छैन भन्छ । यस्तो पनि हुन्छ र ? उत्तरः कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - होम जी, साधारणतया यति धेरै समय लाग्दैन। ढिलामा दुई देखि तिन महिना लाग्न सक्छ। त्यो पनि दुवई, कुवेत, ओमान, कतार, बहराइनको लागि। साउदि त तुरुन्तका तुरुन्तै हुन्छ। मलेसियाको हकमा कलिङ् भीसा हेरेर थाहा हुन्छ। तर यति लामो समय भने ला...

    होम प्रसाद पोख्रेल

  • म कान कम सुन्छु। म विदेश जान पाउँछु कि पाउँदिन् ?

    प्रश्नः म कान कम सुन्छु । बिएड पास गरेको छु । उमेर ३० बर्ष भयो । रोजगारीका लागि विदेश जान चाहन्छु । म विदेश जान पाउँछु कि पाउँदिन् ? अनि विदेश पुगेपछि कुनै समस्या पर्ला कि ? उत्तरः कैलाश खड्का, अध्यक्ष, नेपाल स्वास्थ्य व्यवसायी महासंघ - दिपक जी,सबै भन्दा पहिले तपाईंको श्रवणशक्ती कती हो त्यो जाच गर्नुपर्‍यो। यदि अाैषधी गरेर वा कुनै यन्त्र जडान गरेर तपाईंको श्रवण शक्ती साधारण अवस्थामा फर्किन्छ भने तपाईंलाई वैदेशिक रोजगारीमा जान कुनै समस्या हुदैन। अन्यथा सबै जसो गन्तब्य मुलुकले श्रवणशक्ती कम ...

    दिपक तामाङ

  • म नेपाल फर्केर फेरी साउदी जान पाउँछु कि पाउँदिन् ?

    प्रश्नः म सन् २००७ मा साउदी अरब गएको थिएँ । भनेजस्तो काम र कमाई नभएपछि तीन वर्ष अवैधानिक भएर काम गरें । फेरी सन् २०१० मा १७ दिन जेल सजाय भोगेर पासपोर्टबिना नेपाल फर्किएँ । अहिले कुवेतमा छु । अब म नेपाल फर्केर फेरी साउदी जान पाउँछु कि पाउँदिन् ? उत्तरः उत्तरः कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - साउदीमा कुन अपराधको लागि थुनामा पर्नु भएको हो। यदि चोरी चकारी, कानुन तोडेको होइन भने खासै समस्या हुदैन। साउदीमा नयाँ नियम अनुशार अवैधानिक भएर फर्केका कामदार पनि फेरी साउदी जा...

    शरण कुमार भुजेल/ कुवेत

  • भिसा प्रमाणीकरणको लागि के-के काजगातहरु पेश गर्नु पर्दछ?

    प्रश्नः हाल म बैदेशिक रोजगारको लागि ९ बर्ष देखि कतारको दोहामा कार्यरत छु। मेरो पेशाको हिसाबले पाउने तलबमा एकदम सन्तुष्ट छु । सबै सुबिधाहरु एकदम राम्रो छ। अहिले कतारको प्रोजेक्ट सकियो र यहाँबाट कम्पनीले युएईको अबुधाबीमा ट्रान्सफर गर्दिएको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिन गाह्रो छ रे। १) युएईमा कम्पनीले के-के कागजातहरु पेश गर्नु पर्छ मेरो भिसा ईन्डोर्स्मेन्टको लागि? २) नेपाल स्थित श्रम विभागमा मैले के-के काजगातहरु पेश गर्नु पर्दछ? उत्तरः कृष्ण दुवाडी, प्रमुख, श्रम ग्राम, वैदेशिक रोजगार विभाग ...

    खेमलाल श्रेष्ठ/ दोहा, कतार

  • ब्रुनाइ शेक्युरिटी गार्डमा या प्रहरीमा जान के योग्यता चाहिन्छ?

    प्रश्नः मेरो उमेर ३५ बर्ष भयो। म अर्को बर्ष इन्डियन आर्मिबाट अवकाश प्राप्त गर्दैछु। मैले १२ पास गरेको छु। मेरो उचाइ ५ फिट १२ इन्च छ। मलाई ब्रुनाइ शेक्युरिटी गार्डमा या प्रहरीमा जान मन छ। त्यसको लागि के के योग्यता चाहिन्छ? म जान पाउछु कि पाउदिन ? उत्तर: कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ – ब्रुनाइ सरकारको शेक्युरिटी गार्डमा ब्रिटिस गोर्खा आर्मि मात्र जान पाउने नियम छ। ब्रुनाइमा संस्थागत रुपमा कामदार पठाउँने ब्यबस्था छैन। ब्रुनाइमा रहेका आफन्तहरुले नै नेपालबाट आ...

    जिवन कुमार गुरुङ् / इन्डियन आर्मि

Notice, Press Release
Download
Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स