MENU

प्रश्न उत्तर

युएई पिएसबिडी सेक्युरिटी गार्डमा जान के के चाहिएला ?

हरी राई/ दिक्तेल, खोटाङ

प्रश्न: म युएई पिएसबिडी सेक्युरिटी गार्डमा जान चाहन्छु। मसँग सेक्युरिटीको अनुभव पनि छ। तीन वर्ष विदेशमा काम गरिसकेको छु। तर मसँग एक्पिरियन्स सर्टिफिकेट छैन्। एसएलसीको सर्टिफिकेट मात्रै छ। पिएसबिडी सेक्युरिटी गार्डमा जानका लागि के के कागजात चाहिएला ?


उत्तर: बलबहादुर तामाङ, पूर्वअध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - पिएसबिडी सेक्युरिटी गार्डमा जानको लागि पहिलो कुरा सेक्युरीटी गार्डको तालीम लिएको हुनु। काम जानेको हुनु पर्‍यो। युएई सरकारले २,७५० दिहराम वेसिक तलब दिएको छ, तलबको लोभमा धेरै रकम तिरेर जाने अस्वस्थ प्रतिस्प्रधा भइरहेको छ। सरकारले तोकेकै रकम तिरेर जानु होला। पिएसबिडी सेक्युरिटी गार्डमा जम्मा २० देखि २२ कम्पनीले मात्र पठाँउछ। ती कम्पनीहरुको बारेमा वैदेशिक रोजगार विभागबाट बुझ्न सकिन्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।