MENU

प्रश्न उत्तर

कतार वा युएई ग्राफिक डिजाइनरको काम गर्न जान मिल्छ कि मिल्दैन?

आरबी गुरुङ्ग

प्रश्न: मेरो देब्रे हातको चार वटा औंला छैन । म २/३ वर्ष बैंगलोर, इण्डियामा ग्राफिक डिजाइनरको काम गरेर फर्केको हुँ । ६/७ वर्ष देखि नेपालमा पनि यही काम गरिरहेको छु । मैले दुवै हातले मज्जाले कम्प्युटर  चलाउन सक्छु । अब म कतार, युएईजस्ता खाडीका देशहरुमा ग्राफिक डिजाइनरकै काम गर्न जान पाउँछु कि पाउँदिन् ? 


उत्तर:  कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - मज्जाले जान सक्नु हुन्छ। पत्रपत्रिकामा बिज्ञापन हेरेर सायद भ्याउनुहुन्न होला। यो महंगो पनि पर्न आउछ। सब भन्दा उत्तम उपाय भनेको हप्ता दिन वा महिनामा एक चोटि वैदेशिक रोजगार विभागमा आफ्नो पेशा अनुशारको काम कुन म्यानपावरमा आएको छ बुझ्न सक्नु हुन्छ। वा दुबई, कतार पठाउने म्यानपावरमा गएर आफ्नो वायोडेटा बुझाउन सक्नुहुन्छ। अथवा आफैले अनलाइनमा आफूले चाहेको जव खोजेर अप्लाइ गरेर कागजात उताको नेपाली दूतावासबाट प्रमाणीकरण गरेर कुनै म्यानपावसँग कुरा गरेर पनि जान सक्नुहुन्छ। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • गुल्मीमा रक्त संचार केन्द्रका लागि गुल्मी समाज युकेले गर्‍यो सहयोग

    गुल्मी, फागुन ९ – गुल्मी जिल्ला समाज युकेले जिल्लाका दुई संस्थाहरुलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ । समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको रक्त संचार केन्द्र स्थापनाको लागि नौ लाख र अपांगताको क्षेत्रमा काम गर्नका लागि आशा अपाङ्ग केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

  • सिन्धुपाल्चोकमा विद्यालय अभिमूखीकरण

    रीनाश्रेष्ठ/सिन्धुपाल्चोक, उज्यालो । सिन्धुपाल्चोक, फाल्गुण ८ — सिन्धुपाल्चोकको स्याउलेस्थित सेतीदेवी माध्यमिक विद्यालयमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विद्यालय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

  • ​सप्तरीका राम सरदारको कतारमा मृत्यु

    अशोक कुमार साह/उज्यालो । सप्तरी, फागुन ८ – सप्तरीको जमुनी मधेपुरा–९ भथौलका राम सरदारको वेदैशिक रोजगारीको शिलशिलामा कतारमा ज्यान गएको छ । सरदारको गएको शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ ।

  • रामेछापमा वैदेशिक रोजगार सम्वन्धी अभिमुखिकरण

    सिर्जना बस्नेत/रामेछाप । रामेछाप, फागुन ८ – रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । चारघरे सेवा समिति रामपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा २१ जना प्रहरी जवानको सहभागिता थियो ।

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

लेवनानमा कार्यरत एक नेपाली महिला घरेलु कामदारको पीडा ।भिडियाे साैजन्य : निरु लिम्बू