MENU

प्रश्न उत्तर

ब्रुनाइ शेक्युरिटी गार्डमा या प्रहरीमा जान के योग्यता चाहिन्छ?

जिवन कुमार गुरुङ् / इन्डियन आर्मि

प्रश्नः मेरो उमेर ३५ बर्ष भयो। म अर्को बर्ष इन्डियन आर्मिबाट अवकाश प्राप्त गर्दैछु। मैले १२ पास गरेको छु। मेरो उचाइ ५ फिट १२ इन्च छ। मलाई ब्रुनाइ शेक्युरिटी गार्डमा या प्रहरीमा जान मन छ। त्यसको लागि के के योग्यता चाहिन्छ? म जान पाउछु कि पाउदिन ?


उत्तर: कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ – ब्रुनाइ सरकारको शेक्युरिटी गार्डमा ब्रिटिस गोर्खा आर्मि मात्र जान पाउने नियम छ। ब्रुनाइमा संस्थागत रुपमा कामदार पठाउँने ब्यबस्था छैन। ब्रुनाइमा रहेका आफन्तहरुले नै नेपालबाट आफ्नो मान्छे तान्ने चलन छ। तपाईंको आफन्त ब्रुनाइमा हुनुहुन्छ भने कोसिस गर्दा हुन्छ। अथवा तपाईंले अंग्रेजी सुधार गरेर युएईमा पिएसबिडी शेक्युरिटी गार्डमा वा आबुधावी प्रहरीमा जादा राम्रो हुन्छ। कमाइ पनि ब्रुनाइको जति नै हुन्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान