MENU

प्रश्न उत्तर

भिसा प्रमाणीकरणको लागि के-के काजगातहरु पेश गर्नु पर्दछ?

खेमलाल श्रेष्ठ/ दोहा, कतार

प्रश्नः हाल म बैदेशिक रोजगारको लागि ९ बर्ष देखि कतारको दोहामा कार्यरत छु। मेरो पेशाको हिसाबले पाउने तलबमा एकदम सन्तुष्ट छु । सबै सुबिधाहरु एकदम राम्रो छ। अहिले कतारको प्रोजेक्ट सकियो र यहाँबाट कम्पनीले युएईको अबुधाबीमा ट्रान्सफर गर्दिएको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिन गाह्रो छ रे।

१) युएईमा कम्पनीले के-के कागजातहरु पेश गर्नु पर्छ मेरो भिसा ईन्डोर्स्मेन्टको लागि?

२) नेपाल स्थित श्रम विभागमा मैले के-के काजगातहरु पेश गर्नु पर्दछ?


उत्तरः कृष्ण दुवाडी, प्रमुख, श्रम ग्राम, वैदेशिक रोजगार विभाग -युएईमा कम्पनीले खटाएको चिठ्ठि, युएईमा रहेको शाखा कार्यलयले प्रस्ताव गरेको कामको इम्प्लोइमेन्ट कन्ट्रयाक वा अफर लेटर अथवा लेबर कन्ट्रयाक जुन सुकै नाम दिइएको भए पनि,  आबुधावीमा रहेको नेपाली दूतावासमा प्रमाणीकरणको लागि पेश गर्न सक्नु हुन्छ। दूतावासले प्रमाणीकरण गरिकेपछि युएईको प्रवेश भिसा लिइ तपाईंले श्रम स्वीकृति लिएर जान सक्नु हुन्छ।

माथी उल्लेखित सबै कागजात सहित नेपाल आएर ब्यतिगत रुपमा जादा गर्नु पर्ने इन्सुरेन्स गर्नुहोस्। कामदार उद्धार कोषमा हजार रुपैया बुझाइ भौचर पनि कागजात संगै राख्नुहोस्। साथै भिसाको प्रतिलिपी र एउटा निवेदन पेश गर्नु होस्। तपाईंले श्रम स्वीकृति पाउने निश्चित छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • गुल्मीमा रक्त संचार केन्द्रका लागि गुल्मी समाज युकेले गर्‍यो सहयोग

    गुल्मी, फागुन ९ – गुल्मी जिल्ला समाज युकेले जिल्लाका दुई संस्थाहरुलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ । समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको रक्त संचार केन्द्र स्थापनाको लागि नौ लाख र अपांगताको क्षेत्रमा काम गर्नका लागि आशा अपाङ्ग केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

  • सिन्धुपाल्चोकमा विद्यालय अभिमूखीकरण

    रीनाश्रेष्ठ/सिन्धुपाल्चोक, उज्यालो । सिन्धुपाल्चोक, फाल्गुण ८ — सिन्धुपाल्चोकको स्याउलेस्थित सेतीदेवी माध्यमिक विद्यालयमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विद्यालय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

  • ​सप्तरीका राम सरदारको कतारमा मृत्यु

    अशोक कुमार साह/उज्यालो । सप्तरी, फागुन ८ – सप्तरीको जमुनी मधेपुरा–९ भथौलका राम सरदारको वेदैशिक रोजगारीको शिलशिलामा कतारमा ज्यान गएको छ । सरदारको गएको शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ ।

  • रामेछापमा वैदेशिक रोजगार सम्वन्धी अभिमुखिकरण

    सिर्जना बस्नेत/रामेछाप । रामेछाप, फागुन ८ – रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । चारघरे सेवा समिति रामपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा २१ जना प्रहरी जवानको सहभागिता थियो ।

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

लेवनानमा कार्यरत एक नेपाली महिला घरेलु कामदारको पीडा ।भिडियाे साैजन्य : निरु लिम्बू