MENU

प्रश्न उत्तर

म नेपाल फर्केर फेरी साउदी जान पाउँछु कि पाउँदिन् ?

शरण कुमार भुजेल/ कुवेत

प्रश्नः म सन् २००७ मा साउदी अरब गएको थिएँ । भनेजस्तो काम र कमाई नभएपछि तीन वर्ष अवैधानिक भएर काम गरें । फेरी सन् २०१० मा १७ दिन जेल सजाय भोगेर पासपोर्टबिना नेपाल फर्किएँ । अहिले कुवेतमा छु । अब म नेपाल फर्केर फेरी साउदी जान पाउँछु कि पाउँदिन् ?


उत्तरः उत्तरः कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - साउदीमा कुन अपराधको लागि थुनामा पर्नु भएको हो। यदि चोरी चकारी, कानुन तोडेको होइन भने खासै समस्या हुदैन। साउदीमा नयाँ नियम अनुशार अवैधानिक भएर फर्केका कामदार पनि फेरी साउदी जान सक्छन्। यदि साउदीमा तपाईंलाई प्रतिबन्ध लगाइएको छ भने तपाईंले कामको लागि अप्लाई गरे पनि दूतावासले भिसा लगाईदिदैन। तर मेडिकल तथा अन्य प्रारम्भिक  खर्च भने हुन्छ। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • गुल्मीमा रक्त संचार केन्द्रका लागि गुल्मी समाज युकेले गर्‍यो सहयोग

    गुल्मी, फागुन ९ – गुल्मी जिल्ला समाज युकेले जिल्लाका दुई संस्थाहरुलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ । समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको रक्त संचार केन्द्र स्थापनाको लागि नौ लाख र अपांगताको क्षेत्रमा काम गर्नका लागि आशा अपाङ्ग केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

  • सिन्धुपाल्चोकमा विद्यालय अभिमूखीकरण

    रीनाश्रेष्ठ/सिन्धुपाल्चोक, उज्यालो । सिन्धुपाल्चोक, फाल्गुण ८ — सिन्धुपाल्चोकको स्याउलेस्थित सेतीदेवी माध्यमिक विद्यालयमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विद्यालय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

  • ​सप्तरीका राम सरदारको कतारमा मृत्यु

    अशोक कुमार साह/उज्यालो । सप्तरी, फागुन ८ – सप्तरीको जमुनी मधेपुरा–९ भथौलका राम सरदारको वेदैशिक रोजगारीको शिलशिलामा कतारमा ज्यान गएको छ । सरदारको गएको शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ ।

  • रामेछापमा वैदेशिक रोजगार सम्वन्धी अभिमुखिकरण

    सिर्जना बस्नेत/रामेछाप । रामेछाप, फागुन ८ – रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । चारघरे सेवा समिति रामपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा २१ जना प्रहरी जवानको सहभागिता थियो ।

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

लेवनानमा कार्यरत एक नेपाली महिला घरेलु कामदारको पीडा ।भिडियाे साैजन्य : निरु लिम्बू