MENU

प्रश्न उत्तर

भीसा आउन यति धेरै समय लाग्छ र ?

होम प्रसाद पोख्रेल

प्रश्नः मैले म्यानपावरमा पासपोर्ट दिएको ६ महिना भयो । अन्तर्वार्ता पास गरिसकेको छु । तर भीसा आएको छैन् । म्यानपावरमा बुझ्दा वैदेशिक रोजगार विभागले डिमाण्डमा साइन गरेको छैन भन्छ । यस्तो पनि हुन्छ र ?


उत्तरः कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - होम जी, साधारणतया यति धेरै समय लाग्दैन। ढिलामा दुई देखि तिन महिना लाग्न सक्छ। त्यो पनि दुवई, कुवेत, ओमान, कतार, बहराइनको लागि। साउदि त तुरुन्तका तुरुन्तै हुन्छ। मलेसियाको हकमा कलिङ् भीसा हेरेर थाहा हुन्छ। तर यति लामो समय भने लाग्दैन, ठगिनै हो। म्यानपावरको कार्यालयमा गएर अली कडा रुपमा प्रस्तुत हुनु पर्‍यो।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।