MENU

प्रश्न उत्तर

म विदेश जान सक्दिन भन्दा मेरो पासपोर्ट फिर्ता पाउँछु कि पाउँदिन?

प्रदिप बोहरा / पाँचथर

प्रश्नः मैले कतार जानको लागि मोरङको उर्दाबारीमा रहेको म्यानपावरको एजेण्टलाई पासपोर्ट बुझाएको थिए। मैले अन्तरवार्ता र मेडिकल पनि पास गरे। त्यसको १५ दिनमा भिसा आउछ भनेको थियो तर चार महिना बितिसक्दा पनि भिसा आएन। त्यस पछि म पनि बिरामी भए।  म अब जान सक्दिन मेरो पासपोर्ट फिर्ता दिनु भन्दा दिनु भएको छैन। अब म जान सक्दिन भन्दा मेरो पासपोर्ट फिर्ता पाउँछु कि पाउँदिन?


उत्तरः प्रदिप जी, कानुन अनुसार तपाईंको पासपोर्ट कुनै संस्था वा व्यक्तिले तीन महिना भन्दा धेरै समय राख्न वा ‘होल्ड’ गर्न पाउँदैन। म्यानपावर कम्पनीले तीन महिना भन्दा धेरै समय देखि तपाईंको पासपोर्ट राखेको हो भने त्यो गैरकानूनी काम हो। त्यसका लागि तपाईंले वैदेशिक रोजगार विभागमा गएर उजुरी दिन सक्नुहुन्छ। विभागको कार्यालय काठमाडौंको बुद्धनगरमा छ। अथवा तपाईंले नजिकको प्रहरी कार्यालयमा गएर उजुरी दिन सक्नुहुन्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • युएईमा काम गर्ने समय घटाइयो

    मिनिस्ट्री अफ ह्युमन रिसोर्सका अनुसार निजी क्षेत्रमा काम गर्नेहरुका लागि रमदान महिनाभर काम गर्ने समय दुई घण्टा घटाइएको हो । दैनिक काम गर्ने समय घटेपनि तलब भने नकटाइने बताइएको छ ।

  • सात महिनामा पनि विदेश पठाउन नसकेपछि पैसा फिर्ता

    विदेश जान पैसा बुझाएका कैलालीका चार जनाले सात महिनापछि एजेण्टबाट पैसा फिर्ता पाएका छन् । कैलालीकै टिकापुर नगरपालिका–४ इन्द्रैयाका रामा चौधरीलाई २५ हजार रुपैयाँ, कुलवीर चौधरीलाई ८५ हजार रुपैयाँ, शेषराज चौधरी र जीतबहादुर चौधरीलाई ९०/९० हजार रुपैयाँ एजेन्टले फिर्ता दिएका छन् ।

  • इलाममा पासपोर्ट बनाउनेको संख्या वर्षेनी घट्दै

    जेठ ११ – इलाममा पासपोर्ट बनाउनेको संख्या घट्दै गएको पाइएको छ । गएका तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा पछिल्लो समय पासपोर्ट बनाउनेको संख्या घट्दै गएको हो ।

  • ​ दिनार र रिंगिटको मूल्य बढ्यो, रियाल, दिर्हाम स्थिर

    काठमाडौं, जेठ ११ – नेपाल राष्ट्र बैंकले बिहीबारतोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५९ पैसा र विक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ ।

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स