MENU

प्रश्न उत्तर

कतारमा कफला प्रणाली खारेज भइसकेपछि गरिरहेको काम छाडेर अन्य काम गर्न पाउँछु?

रतन शर्मा

प्रश्नः म चार महिना देखि कतारको ग्रुपफोर सेक्युरीटी कम्पनीमा काम गरिरहेको छु। अहिले कतारमा कफला प्रणाली खारेज भएको छ। अब म सेक्युरीटी गार्डको काम छाडेर अन्य काम गर्न चाहान्छु। मैले गर्न पाउँछु की पाउँदिन?


उत्तरः प्रोफेसर डा. रमजान अलि मिया, मानवअधिकार समिति कतार, नेपाल प्रतिनिधी  - सर्बप्रथम तपाईंको कतारको आवासिय भिसा (रेसिडेन्ट परमिट) लागिसकेको छ भने तपाईंले आफ्नो एग्रीमेन्ट पुरा गर्नुपर्ने हुन्छ। दोस्रो तपाईंको आवासिय भिसा लागेको छैन, सेक्युरीटीको भिसामा हुनुहुन्छ र एग्रीमेन्ट पनि भएको छैन भने कम्पनीको 'नो अवजेक्सन सर्टिफिकेट' (NOC) लिए पछि भिसा परिवर्तन गर्न सक्नुहुन्छ। तेस्रो अवस्था तपाईंले सेक्युरीटीबाट सेक्युरीटीमै जागिर परिवर्तन गर्नुपर्दा कुनै समस्या हुदैन। तर सेक्युरीटीबाट अर्को ठाउँमा परिवर्तन गर्नुपर्दा अथवा स्पोन्सरसीप परिवर्तन गर्नुपर्दा तपाईंले जान खोज्नु भएको कम्पनीसँग पनि सेक्युरीटीकै भिसा हुनुपर्छ र साथै भिसा उस्तै राष्ट्रियता र लिङ्ग भएकाको लागि हुनुपर्छ। तसर्थ भिसा लागीसकेको खण्डमा तपाईंले एग्रीमेन्ट पुरा गर्नुपर्ने हुन्छ। भिसा नलागेको खण्डमा दुइ अवस्थामा काम परिवर्तन गर्नसक्नु हुन्छ अन्यथा सक्नुहुन्न।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स