MENU

प्रश्न उत्तर

म्यानपावरलाई एक लाख पैतालीस हजार तिरेर दश हजारको भार्पाइ लिएर जाउँ ?

ईन्दल खाङ्ग/ सप्तरी

प्रश्नः म दुवईमा वाचम्यानको लागि अन्तरवार्ता दिएर जाने तर्खरमा छु।  म्यानपावरलाई लागत खर्च बारेमा सोधखोज गर्दा मेरो अफिस खर्च जोडेर कुल रकम एक लाख पैतालीस हजार लाग्छ भन्यो। तर भर्पाइ चाहि दश हजारको मात्र दिन्छ रे। विमानस्थलमा सोधपुछ गरे पनि दश हजार नै भन्नुपर्छ नत्र झन्झट आइलाग्छ र विदेश जान पाइन्न रे। त्यसैले हामीले भने अनुसार गर वा आफ्नो पासपोर्ट फिर्ता लिएर जाउ भनेको छ। म विदेश गएर कुनै समस्या परि फर्कनु परे कुन उपायले कहाँ गएर तिरेको रकम उठाउने ? यस्तै समस्या मेरै ६ जना साथीहरूको छ। अब कि त एक लाख पैतालीस हजार तिरेर दश हजारको भार्पाइ लिएर जाउँ ? कि त विदेशनै जान नपाउँ? के प्रक्रिया पुरा गरेर जाउँ?


उत्तरः  ईन्दल जी, यस्तो अवस्थामा तपाईंसँग तिन बिकल्प उपलब्ध छन्।

पहिलोः

म्यानपावरले तपाईंको नाममा श्रम  स्विकृती लिइसकेको छ भने तपाईंले वैदेशिक रोजगार विभागमा फ्री भिसामा जान पाउँ भनेर निवेदन दिन सक्नुहुन्छ। त्यसको लागि चाहिने कानुनी सहायता तपाईंले पिपुल फोरमबाट निःशुल्क लिन सक्नुहुन्छ। तपाईंले पिपुल फोरमलाई  01-4423973 वा 4464100 मा सम्पर्क गर्नुहोला। 

दोस्रोः

तपाईंले अन्य कुनै म्यानपावर खोज्नुहोस् जसले  फ्री भिसा फ्री टिकटमा तपाईंले रोजे अनुशारको काममा पठा‌ओस्।

तेस्रोः

अहिलेकै म्यानपावरले भनेको रकम  तिरेर जान चाहानु हुन्छ भने म्यानपावरको निर्देशकको नाममा रकम आइएमी गरेर पठाउनु होस्। ताकी वैदेशिक रोजगारीमा कुनै समस्यामा परी फर्कनु परेमा तपाईंको रकम फिर्ता हुने आधार होस्।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।