MENU

प्रश्न उत्तर

सेल्स र मार्केटिङमा वैदेशिक रोजगारीमा जान कसरी सकिन्छ ?

तिलक बञ्जाडे/ अर्घाखाँची

प्रश्नः म विदेश जान चाहन्छु। अध्ययन प्रमाणपत्र तह उत्तिर्ण छुँ।  सेल्स र मार्केटिङमा रुचि छ। उमेर २२ वर्ष। अब म के कसरी अगाडी बढ्न सक्छु बताईदिनुहोला।


उत्तरः तिलक जी, सेल्सम्यान र मार्केटिङको कामका लागि युएई, साउदी अरब, कतार, कुवेतजस्ता खाडीका देशहरुबाट प्रशस्त अवसर आउँछन्। त्यसका लागि कामदारको माग ल्याएका म्यानपावर कम्पनीमा सम्पर्क राखेर प्रक्रिया अघि बढाउन सक्नुहुन्छ। मागपत्रबारे म्यानपावरले दैनिक पत्रिकामा पनि विज्ञापन छपाएका हुन्छन्। तर प्रक्रिया बढाउनुअघि त्यो म्यानपावरले वैधानिक रुपमा काम गरेको छ वा छैन भन्ने कुराको ख्याल गर्नुहोला।

 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।