MENU

प्रश्न उत्तर

वैदेशिक रोजगारीमा जान कहाँ सम्पर्क गर्ने होला ?

तुलबहादुर थापा/ जाजरकोट

प्रश्नः म वैदेशिक रोजगारीमा जान चाहन्छु। तर यसबारे मलाई यस बारे केही पनि थाहा छैन। कहाँ सम्पर्क गर्ने होला ?


उत्तरः तुलबहादुर जी, सात सय ५४ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउँछन्। काठमाडौंमा रहेका ती म्यानपावरबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वेभपेज nafea.org.np बाट जानकारी  लिन सकिन्छ। विदेशका कम्पनीबाट ती म्यानपावरले डिमाण्ड ल्याउँछन्। त्यसैका आधारमा नेपालबाट कामदार पठाउँछन्। उनीहरुले दैनिक पत्रपत्रिकामा विदेशमा कामदारको माग भएकोबारे विज्ञापन गरेका हुन्छन्। विज्ञापनमा आफू जान चाहेको काम र तलब सुविधा भए म्यानपावर कम्पनीमा सम्पर्क गरेर प्रक्रिया अघि बढाउन सकिन्छ। एजेन्टको भर परेर चाहिँ प्रक्रिया अघि नबढाउनुहोला।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा । / भिडियोः उज्यालो ।