MENU

प्रश्न उत्तर

श्रम स्वीकृतिको म्याद हुँदाहुदै फेरि अर्को श्रम स्वीकृती लिनुपर्छ कि पर्दैन ?

चन्द्र गुरुङ

प्रश्न :मेरो वैदेशिक रोजगारी श्रम स्वीकृती २ बर्षको छ। यहि २ बर्ष बिचमा म बिदामा फर्किएँ भने (श्रम स्वीकृतिको म्याद हुँदाहुदै) फेरि अर्को श्रम स्वीकृती लिनुपर्छ कि पर्दैन?


उत्तर : चन्द्र जी, तपाईंको श्रम स्वीकृतिको अवधि बाँकी भएकाले फर्केर जान फेरि अर्को श्रम स्वीकृती लिनु पर्दैन। तर केहि महिनापछि नै तपाईंको श्रम स्वीकृति सकिदैछ भने विदेश फर्कनअघि श्रमस्वीकृति लिएरै जानु बुद्धिमानी हुन्छ। विदेशबाटै श्रम स्वीकृति लिन झञ्झटिलो प्रक्रिया गर्नुपर्ने हुन्छ। श्रमस्वीकृति नभएको खण्डमा विदेशमा दुर्घटनामा पर्दा वा अरु सारोगारो पर्दा सरकार र नेपाली दूतावासले सहयोग गर्ने आधार पनि हुँदैन।  

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।