MENU

प्रश्न उत्तर

हामीले अहिले कार्यरत देशबाटै बीमा गर्न के गर्नुपर्छ ? अनि कुन कुन रोग लागेमा क्षतिपूर्ति कति पाइन्छ ?

रतन शर्मा/ कतार

प्रश्न: अहिले सरकारले बीमा शुल्क बढाएको सुनेको छु । हामीले अहिले कार्यरत देशबाटै बीमा गर्न के गर्नुपर्छ ? अनि कुन कुन रोग लागेमा क्षतिपूर्ति कति पाइन्छ ?


उत्तर: पुजन ढुंगेल अधिकारी, उपनिर्देशक,  बीमा समिति- रतन जी, बीमा नविकरणको लागि सम्यन्त्र बन्दै छ, चाडै हुन्छ। बीमा शुल्क बढेको छ साथ-साथै सुबिधा पनि बढेको छ। पहिला critical illness भनेर १५ वटा रोग छुट्टाएका थियौं ती रोग लाग्दा बीमाले कभर हुदैन थियो। अहिले यी १५ वटा मध्य कुनै पनि रोग लाग्दा बीमकले बीमीतलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन्छ। र त्यसको लागि ५ सय रुपैयाँ प्रिमियम पहिलाको प्रिमियममा थप्नु पर्छ। पहिला ५ बर्ष ६ महिनाको बीमा गर्दा १८ देखि ३५ बर्ष सम्मको ब्यतिले ५ हजार ४ सय ३८ रुपैयाँ तिर्नु पर्थ्यो। यसमै ५ सय रुपैयाँ थप्दा – cancer, kidney failure, primary pulmonary arterial hypertension, multiple sclerosis, major organ transplant, coronary artery bypass graft, ultra graft surgery, stroke, coma, total blindness, mild cardiac infection, banging brain tumors, paralysis, mental illness caused due to accident यी रोग लागेमा बीमकले ५ लाख रुपैयाँ केहि कट्टि नगरी क्षतिपूर्ति दिन्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

केप आरबी हिल्टन, साउदी अरेबियामा स्काफोल्डिङ्को काम गर्दै नेपाली कामदार। तस्बिरः अर्जुन गिरी / साउदी अरेबिया