MENU

प्रश्न उत्तर

इजरायल जानका लागि प्रक्रिया कसरी अघि बढाउनु पर्छ ?

प्रकाश लिम्बू / फिदिम, पाँचथर

प्रश्नः इजरायल जानका लागि प्रक्रिया कसरी अघि बढाउनु पर्छ ? मैले एसएलसी पास गरेको छु। अरु कुनै तालिम लिएको छैन्।


उत्तरः प्रकाश जी, केयर गिभरका काममा मात्रै इजरायल जान सकिन्छ। त्यसैले त्यस काममा चाहिने सिपका लागि तालिम अनिवार्य लिएको हुनुपर्छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट मान्यता प्राप्त वा वैदेशिक रोजगार विभागमा सूचिकृत भएका संस्थाले तीन महिनाको केयर गिभर सम्बन्धी तालिम दिने गरेका छन्। अथवा मान्यता प्राप्त निकायबाट प्राक्टिकल नर्सिङ पूरा गरी प्रमाणपत्र लिएकाहरुले पनि केयर गिभरका लागि आवेदन दिन सक्छन्। एसएलसी पास गरेको र प्रमाणपत्र तहको अंग्रेजी भाषा सम्बन्धी ज्ञान चाहिन्छ। केयर गिभरमा जान चाहनेको उमेर २५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्छ। पाँच फिट उचाई र ४५ केजी भन्दा बढि तौल भएको हुनुपर्छ। योग्यता पुगेका उम्मेद्वारको आवेदन काठमाडौंमा रहेको वैदेशिक रोजगार विभागले संकलन गर्छ। र इजरायल पठाउँछ। आवेदनका आधारमा इजरायलको पपुलेसन एण्ड इमिग्रेसन अथोरिटीले कामदार छनौट गर्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।