MENU

प्रश्न उत्तर

करार अवधि नसकेरै फर्के पछि फेरी साउदी नयाँ राहदानीमा जान पाउँछु कि पाउँदिन ?

रविन बुढाथोकी

प्रश्नः झण्डै दुई वर्ष अघि म साउदी गएको थिएँ। स्वास्थ्यमा अचानक गडबडी आए पछि म तीन महिनामा नै नेपाल फर्किएँ। म अहिले नेपालमा नै छु। साउदीको भीसा लागेको पासपोर्ट हरायो। अनि मैले अहिले नयाँ पासपोर्ट बनाएको छु। अब म साउदी जान पाउँछु कि पाउँदिन ?


उत्तरः रविन जी, स्वास्थ्य अवस्था खराब भएका कारण साउदीबाट फर्काइएको हो भन्ने तपाईंले पठाएको प्रश्नमा खुले पनि कुन रोगका कारण हो भन्ने खुलेको छैन् । नेपाल फर्केपछि उपचार गराउनु भयो नै होला । अनि, उपचार पछि तपाईंको स्वास्थ्य समस्या समाधान भयो होला। यसबारे वैदेशिक रोजगारीमा जानेहरुको मेडिकल गर्ने स्वास्थ्य संस्थामा गएर पनि जानकारी लिन सक्नुहुन्छ। तपाईं स्वस्थ भए नयाँ राहदानीमा पनि तपाईं साउदी जान पाउनु हुन्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा । / भिडियोः उज्यालो ।