MENU

प्रश्न उत्तर

म सिबिटी परीक्षा दिएर कोरिया आउन पाउँछु कि पाउँदिन ?

नाम/ ठेगाना उल्लेख नभएको

प्रश्नः म कोरिया आएको पाँच वर्ष पुग्न लाग्यो। यहाँ आएको आठ महिनामा कम्पनी परिवर्तन गरें। कम्पनी परिवर्तन गरेको तीन महिना नबित्दै दुर्घटनामा परेर मैले हातको चार वटा औंला गुमाएँ। अहिले म दुर्घटना भएको कम्पनीमा नै काम गर्दैछु। पोहोर छुट्टीमा घर गएर पनि फर्कें। मलाई यो कम्पनीले फेरि बोलाउँछ कि बोलाउँदैन्? अनि म सिबिटी परीक्षा दिएर कोरिया आउन पाउँछु कि पाउँदिन ?


उत्तरः बेनामे साथी, चार वर्ष १० महिना कोरियाको एउटै कम्पनीमा काम गरेर फर्केकाहरुले प्रतिबद्ध कामदारका रुपमा पुनः त्यै कम्पनीमा काम गर्न जान पाउँछन। उनीहरुले सिबिटी परीक्षा दिनु पर्दैन्। तर तपाईंले कम्पनी परिवर्तन गरिसकेकाले प्रतिबद्ध कामदारका रुपमा कोरिया जान पाउनु हुन्न। यो वर्ष अर्थात सन् २०१७ मा एचआरडी कोरियाले सिबिटी परीक्षा नलिने भएको छ। एचआरडीले अर्को वर्ष सिबिटी परीक्षा खुल्ला गरे त्यस परीक्षामा सामेल हुन सक्नुहुन्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान