MENU

प्रश्न उत्तर

कतारमा हराउनु भएको मेरो बुवालाई कसरी खोज्न सक्छु ?

निर्मला राई / भोजपुर

प्रश्नः मेरो बाबा २०६३ सालमा कतार जानुभाको थियो।  कतार गएको २ वर्ष पछाडी इलिगल हुनुभको थियो। त्यपछाडी अहिले सम्म उहाँको कुनै खबर छैन । उहाँलाई खोज्नका लागि वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थाबाट कस्तो सहयोग हुन्छ ? म अहिले ईटहरी सुनसरीमा छु। सुनसरीमा त्यस्तो संस्था कहानिर छ ?  कृपया तपाईहरुलाई थाहा छ भने बताईदिनुहोला ।


उत्तरः राजेश भण्डारी, अधिवक्ता, पिपुल फोरम -निर्मला जी, तपाईंको बुवाको उद्धारको लागि कन्सुलर शाखाको अनलाइन सेवामा (लिङ्क- http://nepalconsular.gov.np/services-Legal.php) गएर आफ्नो बुवाको बारेमा मागेको जानकारीहरु फाराममा भरेर युजर नेम र पासवर्ड लिनु अनि त्यो फाराम सम्बन्धित दूतावासमा पुग्छ र तपाईंको बुवाको खोजि हुन्छ। तपाईंले पिपुल फोरमको कार्यालय बिराटनगरमा जिल्ला अदालत छेउमै छ, त्यहाँ गएर पनि यो सेवा पाउन सक्नु हुन्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स