MENU

प्रश्न उत्तर

वैदेशिक रोजगारीमा जानको लागि पुलिस रिपोर्ट बनाउनु पर्छ कि पर्दैन ?

रिदम श्रेष्ठ / तनहु

प्रश्नः विदेश जानको लागि पुलिस रिपोर्ट बनाउनु पर्छ कि पर्दैन ? दुवई, कतार, कुवेतको लागि ? यदि बनाउनु परेको खण्डमा कहाँ गएर बनाउने कति लाग्छ यो कुरा प्रष्ट पारिदिनुहोला।


उत्तरः रिदम​ जी, रोजगारीका लागि कुवेत जाँदा प्रहरी रिपोर्ट अनिवार्य चाहिन्छ। त्यसका लागि तपाईंले जिल्ला प्रहरी कार्यालय अथवा काठमाडौंमा रानीपोखरीमा रहेको प्रहरी कार्यालयमा गएर प्रहरी रिपोर्ट लिन सक्नुहुन्छ। यस्तै सेक्युरिटि गार्डमा दुवई र मलेसिया जाँदा भने कतिपय कम्पनीले मागे पनि सबैले माग्दैनन्। मागेको खण्डमा तपाईंले तोकिएका प्रहरी कार्यालयबाट लिन सक्नुहुन्छ। सबै प्रहरी कार्यालयले यस्तो रिपोर्ट दिँदैनन्। धन्यबाद।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।