MENU

प्रश्न उत्तर

श्रम नविकरण गराउन नेपाल नै जानु पर्छ कि विदेशबाटै गराउन मिल्छ?

ज्ञानप्रसाद बराल / सिन्धुलीको दुधौली नगरपालिका–१ (हाल साउदी अरब)

प्रश्नः म साउदी आएको १७ महिना भयो। मेरो श्रम नविकरण गराउन नेपाल नै जानु पर्ने हो कि यहाँबाटै गराउन मिल्छ ? नेपालबाट आफन्तले श्रम स्वीकृति गरिदिन मिल्छ कि मिल्दैन् ?


उत्तरः ज्ञानप्रसाद जी, विदेशबाट पुनःश्रमस्वीकृति गराउन सकिन्न। त्यसका लागि तपाईंले नेपाल आएर काठमाडौंको ताहाचलमा रहेको वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयबाट पुनःश्रमस्वीकृति गराउनु पर्छ। तपाईंका आफन्तले पनि श्रमस्वीकृति गर्न मिल्दैन्। तर सरकारले आउँदो साउन १ गतेदेखि विदेशस्थित नेपाली नियोगहरुबाटै पुनः श्रमस्वीकृति गर्न मिल्ने गरी काम गरिरहेको छ। यदि त्यो व्यवस्था लागु भयो भने तपाईंले रियादस्थित नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृति लिन सक्नुहुन्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​कतारमा एक नेपालीको मृत्यु

    राजविराज, कात्तिक १ – वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

  • विदेशबाट फर्केका र सम्भावित आप्रवासीको उपस्थितिमा सप्तरीमा अन्र्तक्रिया कार्यक्रम

    राजविराज, कात्तिक १ – सप्तरीको रुपनी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारीबारे एकदिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

  • विदेश पठाउँछु भन्दै ३२ जना ठगेर भागेका दुई दलाल पक्राउ

    काठमाडौं, कात्तिक १– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३२ जनासँग पासपोर्ट र राहदानी लिएर भागेका दुईजनालाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्रेको छ । नुवाकोटको बुङताङका ३९ वर्षे भाग्यमान तामाङ र गोरखाको मान्वोका ४१ वर्षे महेन्द्र गुरुङलाई प्रहरीले पक्रेको हो ।

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।