MENU

प्रश्न उत्तर

खाडिका देशमा रोजगारीमा जानुपरेमा पूरै निःशुल्क हुन्छ की, कति पैसा लाग्छ ?

विष्णु प्रसाद ढकाल / नवलपरासी

प्रश्नः सरकारले खाडि मुलुक जानका लागि फ्रि टिकट फ्रि भिसा भनेको छ। यदि हामी परदेश जानुपरेमा पूरै निःशुल्क हुन्छ की, कति पैसा लाग्छ ?


उत्तरः विष्णु जी, खाडीका देशहरु कतार, साउदी अरब, यूएई, बहराइन, ओमन र कुवेत तथा मलेसियामा रोजगारीका लागि जान न्युनतम लागत खर्च तिरे पुग्छ । ती देशका कम्पनीहरुले कामदारलाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउनुका साथै म्यानपावरलाई सेवा शुल्क पनि दिएको हुन्छ । कुनै कम्पनीले भने म्यानपावरलाई सेवा शुल्क दिएका हुँदैनन् । सेवा शुल्क नदिएको अवस्थामा म्यानपावरले कामदारबाट बढीमा १० हजार रुपैयाँसम्म उठाउन पाउँछन् ।  

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स