MENU

प्रश्न उत्तर

वैदेशिक रोजगारीमा जाँदा गरिने मेडिकल फि देश अनुसार किन फरक हुन्छ ?

नाम ठेगाना उल्लेख नगरेको

प्रश्नः वैदेशिक रोजगारीमा जाँदा गरिने मेडिकल फि देश अनुसार किन फरक हुन्छ ?


उत्तरः बेनामे साथी, मलेसिया जाने कामदारले मेडिकल गरेवापत झण्डै आठ हजार रुपैयाँ तिर्नुपर्छ। साउदी अरब, ओमन र बहराइन जाने कामदारले झण्डै सात हजार रुपैयाँ तिर्नुपर्छ। यी बाहेकका खाडीका देशहरु जाँदा कादारले कम्तीमा ४५ सय रुपैयाँ तिर्नुपर्छ। विदेश जाने कामदारले अनिवार्य रुपमा सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्छ। त्यस्ता स्वास्थ्य संस्थाहरु तीन सय भन्दा धेरै छन्। फरक फरक गुटमा आवद्ध भएका मेडिकल गर्ने संस्थाहरुका आआफ्नै स्वार्थका कारण कामदारले पनि फरक फरक दरमा पैसा तिर्नुपर्ने बाध्यतामा छन्।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।