MENU

प्रश्न उत्तर

श्रम गर्दा के के कागजात चाहिन्छ। के के प्रक्रिया पूरा गर्नुपर्छ ?

चित्रराज भण्डारी/ युएई

प्रश्नः म यहाँ आएको एक वर्ष चार महिना भयो। भिजिट भिसामा आएको हुँ। आउँदो भदौमा नेपाल आउँदै छु र श्रम गर्ने सोच बनयको छु त्यसैले अब श्रम गर्दा के के कागजात चाहिन्छ। के के प्रक्रिया पूरा गर्नुपर्छ ?


उत्तरः चित्रराज जी, भिजिट भिसामा युएई गए काम गर्दा श्रम स्वीकृति नलिएको हुनाले नेपाल फर्किदा श्रम स्वीकृति अनिवार्य रुपमा लिनुहोला। त्यसका लागि बिदामा नेपाल आउनुअघि नेपाली दूतावासबाट सिफारिस पत्र बनाउनुपर्छ।

दूतावासबाट प्रक्रिया पुरा गरे मात्रै श्रम विभाग ताहाचलबाट श्रम श्रम स्वीकृति पाईन्छ। अन्यथा विना श्रम युएईमा काम गरिरहेको अवस्थामा केही भवीतब्य परेको खण्डमा उद्दार सहयोग पाउन समस्या हुनसक्छ।  

दूतावासबाट सिफारिस पत्र बनाउनका लागि आफूले काम गरिरहेको कम्पनीसँग गरेको श्रम सम्झौताको सक्कल, भिसाको सक्कल प्रति र पासपोर्ट लिएर दूतावासमा बुझाउनुपर्छ। त्यहाँको प्रक्रिया पूरा भएपछि काठमाडौंमा रहेको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यलयबाट सजिलै श्रम स्वीकृति पाइन्छ।  

तपाईंले आबुधावीमा रहेको नेपाली दूतावासमा सम्पर्क गरेर पनि सबै प्रक्रिया  बिस्तृतमा बुझ्न सक्नुहुन्छ। दूतावासको सम्पर्क नम्वर र इमेलः +971 2 634 4767, +971 2 634 4385, [email protected]

 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परि अंगभंग भएका कामदारले नेपालबाट क्षतिपूर्ति लिने तरीका। भिडियाे : सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमअाइअार)