MENU

प्रश्न उत्तर

विदेशमा काम गर्न गएर उतै ज्यान गुमाएका मानिसका छोराछोरीले छात्रवृत्ति पाउनको लागि के गर्नुपर्ला?

नाम ठेगाना उल्लेख नगरेको

प्रश्नः विदेशमा काम गर्न गएर उतै ज्यान गुमाएका मानिसका छोराछोरीले छात्रवृत्ति पाउँछन् भनेको रेडियोमा सुनेको थिएा। त्यसका लागि के गर्नुपर्ला ?


उत्तरः बेनामे साथी, विदेशमा मृत्यु भएकाका छोराछोरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट छात्रवृत्ति पाउँछन्। त्यसका लागि विदेशमा अभिभावकको मृत्यु भएको हो भन्ने प्रमाणपत्र सहित उनका छोराछोरीले पढ्ने विद्यालयमा निवेदन दिनुपर्छ। विद्यालयले छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयमा निवदेन पठाउँछ। त्यो निवेदन शिक्षा कार्यालयले बोर्डमा पठाउँछ। सोहि निवेदनको आधारमा बोर्डले कम्तीमा आठ हजार देखि १२ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्छ। कक्षा १२ सम्म पढ्ने छोराछोरीले छात्रवृत्ति पाउँछन्।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परि अंगभंग भएका कामदारले नेपालबाट क्षतिपूर्ति लिने तरीका। भिडियाे : सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमअाइअार)