MENU

प्रश्न उत्तर

मेरो श्रीमती जानकारी बिना घर छाडेर गइन्। हामी पुरुषका लागि कुनै न्यायलय छैन ?

नाम ठेगाना नखुलाइएको

प्रश्नः म अहिले युएईमा छु। विवाहित हुँ। दुई वर्षको छोरा पनि छ। मेरो श्रीमतीले फोन गर्दा नउठाउने, एसएमएसको रिप्लाई पनि नगर्ने। पटक-पटक कोशिस गर्दा नभएपछि छुट्टि लिएर घर गएँ। समस्या के हो भनेर सोध्दा तपाईंसँग बस्न मन छैन भन्छ। बुवा काकाले गर्दा मसँग विवाह गरेको रे। विवाह भएको १५ दिनबाट यस्तो भएको हो। मैले यो समस्या परिवार र ससुरालीमा राखें। ससुरालीले मिल्नुपर्छ भनेर मिलाएर पठाउनु भो। तर फेरि त्यस्तै भयो। यसले गर्दा मलाई परदेशमा गाह्रो भइरहेको छ। हृदयघात होला जस्तो हुन्छ। यो समस्या समधानका लागि कुनै कानूनी उपचार छैन्? मेरो नानीको भविष्य भताभुङ्ग भो। हामी पुरुषका लागि कुनै न्यायलय छैन ? मेरो श्रीमतीले जानकारी बिना घर छोडेर गइन्। छोरा पनि लिएर गइन्। घरमा फोन गर्दा थाहा पाएँ कि मेरी श्रीमतीले सम्पतिको हकदावी र नानीको खर्चका लागि मासिक १५ हजार पाउँ भनेर मुद्धा हालेको रहेछ।


उत्तरः बुद्ध जी, तपाईंको समस्याबारे हामीले विभिन्न कानून व्यवसायीसँग जिज्ञासा राखेका थियौं। मूल समस्या तपाईको श्रीमती सन्तान सहित घर बाहिर बस्नु भएको रहेछ। तपाईंको श्रीमतिलाई खान लाउने ब्यवस्था नगरि घरबाट निकालेको हो भने उनी र बच्चाको खान लाउने खर्च भराउने दायीत्व तपाईंको परिवारको हुन्छ। यदि आफैँ घरबाट निक्ली गएको हो भने तपाईंलाई त्यस्तो खर्च भराउने दायीत्व छैन। तपाईंको सन्तान नाबालख रहेछ र आमाले म पाल्छु भनेको हो भने वहाँले नै पाल्न पाउने अधिकार छ यस्तोमा बच्चाको उचित स्याहार गर्ने दायीत्व आमाको हुन्छ। आमाले उचित स्याहार गर्न नसके बाबुले पाल्नु पर्छ। यदि वहाँले पाल्न नचाहेको हो भने आफ्नो बच्चालाई पाल्ने दायीत्व बाबुको हुन्छ। तर जस्ले पाले पनि आफ्नो आमा बाबुलाई भेट्ने अधिकार बालखको हुन्छ। तपाईंलाई श्रीमतीसँग सम्बन्ध बिच्छेद गर्ने अधिकार छ । त्यसका लागि अदालत जान सक्नु हुन्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।