MENU

प्रश्न उत्तर

सरकारले हाल कुन-कुन देशमा श्रमस्वीकृति रोकेको छ ?

करण साउद / साउदी अरब

प्रश्न १ः म हाल साउदी अरेबियामा छु र म साउदी बाट छुट्टीमा घर जान चाहान्छु।  नेपाल सरकारले साउदी अरबको लागि श्रम स्वीकृती बन्द गरेको सुनेको छुँ। साथै साउदी अरब सँग नेपाल सरकारको श्रम सम्झौता नमिलेको कुरो पनि छ। खास चाहि के रहेछ ?


उत्तरः करण जी, यो समाचारमा सत्यता छैन। नेपालबाट नयाँ कामदार गइरहेका छन्। नेपाल आएर फेरि तपाईं साउदी फर्कन सक्नुहुन्छ। पुन:श्रमस्वीकृति लिन समस्या छैन्। 

प्रश्न २ः हाल नेपाल सरकारले अफगानिस्तान र इरानमा श्रमस्वीकृति बन्द गरेको समाचार छ के यो सत्य हो ? र साथै नेपाल सरकारले हाल कुन कुन देशमा श्रमस्वीकृति रोकेको छ ?


उत्तरः करण जी, नेपाल सरकारले अफगानिस्तान जान हाल रोक्का गरेको छ भने। इरान जान कुनै बाधा छैन। तपाईंले तलको लिङ्कमा गएर हेर्न सक्नुहुन्छ। - http://www.dofe.gov.np/new/pages/details/28

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।