MENU

प्रश्न उत्तर

कतारको भिसालाई रद्द गरी मेरो पासपोर्ट फिर्ता पाउछुँ?

जय राज दाहाल

प्रश्नः कतारको लागि शुरक्षा गार्डको काममा भिसा आइसकेको छ। अहिले कतार जान समस्या छ कि छैन? मैले कतारको भिसालाई रद्द गरी मेरो पासपोर्ट फिर्ता पाउछुँ? त्यो भिसामा नगएर युएईमा शुरक्षा गार्डमा जान मिल्छ की मिल्दैन?


उत्तरः जय जी, कतारमा जानलाई अहिले केहि समस्या छैन। तपाईंले कतार जान नचाहे, भिसा आएपछि पनि नजानसक्नुहुन्छ। तर त्यसको लागि तपाईंले म्यानपावरलाई प्रशासनिक खर्च बापत १० हजार सम्म तिर्नुपर्ने हुन्छ। म्यानपावरले तपाईंको पासपोर्ट फिर्ता गर्छ। भिसा रद्द गरेको ६ महिनासम्म तपाईं कतार जान पाउनुहुने छैन। तर अरु देशमा रोजगारीमा जान कुनै समस्या हुने छैन। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।