MENU

प्रश्न उत्तर

नेपाल छुट्टिमा आएपछि छुट्टिको अवधि बढाउन सकिन्छ ?

नारायण श्रेष्ठ / कतार

प्रश्नः म कतारबाट दुई महिनाको छुट्टिमा घर आउदै छुँ। मैले कम्पनीसँग चार महिनाको छुट्टि मागेको थिए, तर दिएन। यदि काम पर्‍यो भने मैले नेपालबाट समय थप्न सक्छु ? सकिन्छ भने कति समय थप्न मिल्छ र कति पैसा लाग्छ ?  कहाँ जानुपर्छ ? के के चाहिन्छ ?


उत्तरः नेपाल आएपछि केही काम पर्दा थप छुट्टि लिन नसकिने भन्ने होइन। बिदा बस्नुपर्ने कारण खुलाएमा कम्पनीले छुट्टि थप्न सक्छ। तर कम्पनीले छुट्टि अनिवार्य रुपमा थप्नुपर्छ भन्ने चाहिँ हुन्न। तपाईं र विदेशको कम्पनीको समझदारीका आधारमा बिदा दिने नदिने कुरा भर पर्छ। पैसा तिरेपछि छुट्टि पाइन्छ भन्ने चाहिँ होइन।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।