MENU

प्रश्न उत्तर

क्यान्सरको कारणले कामदारको मृत्यु भए के कस्तो सहयोग पाइन्छ ?

अनमोल / सल्यान

प्रश्नः मेरो दाई कतार गएको ६ महिना पछि नै क्यान्सर रोगी भएर नेपाल फर्कनु भयो। फर्केको १० महिना पछि उपचारकै क्रममा वहाँको मृत्यु भयो। दाईको जिवन बिमा सुर्य लाइफ इन्सुरेन्समा जिवन बिमा गरेको कागजात वहाँको मृत्यु भएको १० महिना जति पछि मैले भेटे। अब हामीले बिमा वापतको रकम पाउछौँ कि पाउदैनौँ ?


उत्तरः वैदेशिक रोजगार प्रवद्धन बोर्ड कामदमरको करार अवधि भित्र क्यान्सर रोग सुरु भएको र क्यान्सरकै कारणले मृत्यु भएको हो भने वहाँको परिवारले सहयोग पाउन सक्नुहुन्छ। क्यान्सर भएर उपचार गर्दा गर्दै ज्यान गएको हो भने वहाँले उपचार खर्च पनि पाउने अधिकार छ। उपचार खर्च पाउने क्रममा नेपाल आएको हो भने, त्यो पनि पाउने ब्यबस्था छ। सबै कागजपत्र हेरेर हामि भन्न सक्छौं। कानूनी ब्यबस्था अनुशार नेपाल फर्केको ३६५ दिन भित्र वैदेशिक रोजगार प्रवद्धन बोर्डमा निवेदन दिनु पर्ने हुन्छ। मिल्दा र हुदा सम्म कामदार अथवा पिडितले सहयोग पाउने काम हामी गर्छौं।

बिमाको रकमको हकमा म्याद सकिन्छ भन्ने हुदैन। बिमा रकम मृतकको  परीवारले सहयोग पाउने सुनिश्चित छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।