MENU

प्रश्न उत्तर

के मलाई झुक्याएर लेवरमा पठाउन लागिएको हो ?

राजिव काफ्ले

प्रश्नः रोजगारीका लागि साउदी जान भनेर प्रक्रिया अघि बढाएँ। मलाई म्यानपावर कम्पनीले अफर लेटर पनि देखायो। त्यसमा अफिस सेक्रेटरी लेखेको छ। तर मेडिकल गर्न जाँदा मलाई दिइएको काजगमा लेवरको भिसा भनेर लेखेको थियो। के मलाई झुक्याएर लेवरमा पठाउन लागिएको हो ? साउदी अरबको भिसा चेक गर्ने कुनै माध्यम छैन्? 


उत्तरः राजिव जी, साउदीबाट आउने ५० प्रतिशत कामदारको मागमा काम एउटा भनिएपनि अर्कै काम लेखिएको हुन्छ। किनभने साउदीमा अफिस सेक्रेटरी जस्ता काममा स्थानीयलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ। त्यसैले तपाईंको भिसामा लेवर लेखिएको हुनसक्छ। तर यो नै अन्तिम सत्य हो भनेर आँखा चिम्लेर पत्याइहाल्नु चाहिँ हुँदैन। म्यानपावरले तपाईंलाई ठगी गर्न लागेको पनि हुन सक्छ। त्यसैले म्यानपावरसँग राम्ररी बुझेर मात्रै जानुहोला। तपाईंले म्यानपावरलाई कति विश्वास गर्नुहुन्छ, अनि म्यानपावरले तपाईंलाई कति विश्वास गर्छ त्यसका आधारमा तपाईंले साउदी जाने कि नजाने भन्ने निर्णय गर्न सक्नुहुन्छ। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।