MENU

प्रश्न उत्तर

नेपाल फर्की भैसि पालन गर्न कती रकम सहयोग स्वरुप मिल्छ ? काहाँबाट त्यो रकम प्राप्त गर्न सकिन्छ?

सुमन शर्मा / जापान

प्रश्नः म हाल जापानमा रहि , नेपालमा गएर गाई भैंसी पालन गर्ने सोचमा छु। यसको लागि सरकारी पक्षबाट मैले के सहयोग (अनुदान रकम) पाउन सक्छु ? हालको लागि सरदर १० वटा भैसि पालन गर्न कती रकम सहयोग स्वरुप मिल्छ ? र काहाँबाट त्यो रकम प्राप्त गर्न सकिन्छ ? अनी १-२ महिने तालीम पनि लिन चाहान्छु। जानकारि पाए आभारी हुने थिएँ।


उत्तरः कृष्णप्रसाद खनाल, निर्देशक, व्यवसायिक तथा सिप विकास तालिम केन्द्र - उहाँले बाहिरबाट आएर यहाँ व्यवसाय गर्ने सोच राख्नु भएको छ यो एकदमै राम्रो हो। उहाँका लागि मात्रै होइन देशकै लागि राम्रो हो। ऋणको कुरा छ कृषिजन्य व्यवसाय गर्नेहरुलाई अहिले विभिन्न बैंकहरुले कृषिमा ऋण दिइरहेका छन् त्यहाँबाट लिन सक्नुहुन्छ। पशुपालन तालिमको लागि जिल्ला पशु सेवा कार्यालयले त्यस्ता तालिम दिइरहेको हुन्छ त्यहाँ सम्पर्क गर्नुहोला। पशुपालनबाट सामाग्रि उत्पादन गर्ने खालका तालिम चाहिएमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्रमा सम्पर्क गर्नुहोला।  

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।