MENU

प्रश्न उत्तर

चार वटा औंला छैन, ग्राफिक्स डिजाइनरमा विदेश जान पाउँछु कि पाउँदिन् ?

आरबी गुरुङ

प्रश्नः मेरो देब्रे हातको चार वटा औंला छैन। म बिगत २/ ३ वर्ष बैंगलोर, इण्डियामा ग्राफिक्स डिजाइनरको काम गरेर हाल ६/७ वर्षदेखि नेपालमै पनि यही काम गरिरहेको छु। मैले दुवै हातले मज्जाले कम्प्युटर चलाउन सक्छु। अब म कतार, युएईजस्ता खाडीका  देशहरुमा ग्राफिक्स डिजाइनरकै रुपमा काम गर्न जान पाउँछु कि पाउँदिन् ? 


उत्तर : नरेश गेलाल, महासचिव, वैदेशिक रोजगार व्यवसायी संघ– पहिलो कुरा त विदेशबाट माग आउनु पर्‍यो। माग आएकोबेला तपाईंले जाने चाहाना राख्नुभयो भने कम्पनीलाई यस्तो मान्छे छ लान्छस् कि लाँदैनस् भनेर सोध्न र लान अनुरोध गर्नचाहिँ सकिन्छ। तर लाने नलाने कम्पनीको निर्णयमा भर पर्छ। तपाईंले यहिँ पनि राम्रो काम गरिरहनु भएको छ भने, यहिँ काम गर्नु राम्रो। नेपालमा भए तपाईं जस्तो मान्छेलाई सहयोग गर्न सजिलो हुन्छ। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।