MENU

प्रश्न उत्तर

रोजगारीका लागि पोल्याण्ड जान कति खर्च लाग्छ होला ?

सन्तोष चन्द

प्रश्नः पोल्याण्डमा नेपाली कामदारको मागको बारेमा सुन्दैछु। यदि त्यो बैधानिक हो भने, कृपया यस बिषयमा बिस्तृत जानकारी को आशा राख्दछु। रोजगारीका लागि जान कति खर्च लाग्छ होला ?


उत्तरः सन्तोष जी, पोल्याण्ड रोजगारीका लागि नेपाल सरकारले खुल्ला गरेको देश हो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव कमल तामाङका अनुसार, पोल्याण्डले कृषि र कुखुरा फार्ममा कामदार लैजान्छ। तपाईंले भरपर्दो म्यानपावरबाट पोल्याण्ड जाने प्रक्रिया गर्न सक्नुहुन्छ। पोल्याण्डका लागि भिसा नेपालबाट लाग्दैन। म्यानपावर व्यवसायीले भारतको दिल्लीमा रहेको पोल्याण्डको दूतावासबाट भिसा स्टाम्प लगाइदिन्छन्। पोल्याण्ड जानका लागि ८० हजार रुपैयाँसम्म तिर्न पर्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।