प्रश्न उत्तर
नेपाली दूतावासले कस्तो सहयोग गर्न सक्छ ?
- Sunday, Dec 17, 2017
- 15:06 PM (4 months ago)
- Total Views: 196
हरि चौहान / मलेसिया
प्रश्नः म मलेसिया आएको ३ वर्ष भयो, मेरो समयावधि (कन्ट्रयाक) पनि सकियो अनि घर जान्छु भन्दा कम्पनीले १५०० रिंगेट माग्छ , यस्तोमा हाम्रो दूतावासले केही सहयोग गर्छ कि ?
उत्तरः हरी जी, तपाईंको समस्या हामीले प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)का महासचिव सोमप्रसाद लामिछानेसँग राखेका थियौं। उहाँका अनुसार, करार अवधि सकिएकाले तपाईं घर फर्कन पाउनुहुन्छ। कम्पनीले १५ सय रिंगिट मागेको कुरा चाहिँ गैर कानुनी हो । त्यसैले तपाईंले समस्या नेपाली दूतावासमा राख्नुभयो भने घर फर्कन सहयोग गर्छ। त्यससँगै तपाईंलाई प्रवासी नेपाली समन्वय समितिले पनि सहयोग गर्छ। मलेसियामै पिएनसिसीको सम्पर्क अधिकृत हुनुहुन्छ। उहाँको नाम रामचन्द्र नेपाल हो। तपाईंले उहाँलाई १६६०४५६८० नम्बरमा फोन गरेर आफ्ना समस्या राख्नुभयो भने उहाँले सहयोग गर्नुहुने छ।
प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं
वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।
सम्बन्धित समाग्रीहरु
- वैदेशिक रोजगारमा रहेको व्यक्तिको परिवारले क्यान्सर जस्तो रोग लागेमा नेपाल सरकारबाट कस्तो सहायता पाइन्छ ?
- कम्पनी बन्द भएर करार अवधी नसकी नेपाल फर्काएमा के कस्तो सहायता पाइन्छ ?
- कतारबाट तीन महिना नपुग्दै फर्किए कहाँ कस्तो क्षतिपूर्ति पाइन्छ ?
- मेडिकल अनफिट भएर फर्किए कति दिन भित्र उजुरी गर्दा क्षतिपूर्ति पाइन्छ ?
विशेष
समाचार
-
वैदेशिक रोजगारीमा जाने २ प्रतिशत मात्रै दक्ष, अदक्ष ७४ प्रतिशत
काठमाडौं, वैशाख ८ – वैदेशिक रोजगारीमा जान नेपालीमध्ये धेरै अदक्ष कामदारकै रुपमा जाने गरेको पाइएपछि सरकारले अब तालिम दिएर मात्रै पठाउने तयारी गरेको छ ।
-
त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध हुँदा युएईमा यात्रु अलपत्र
वैशाख ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका कारण नेपाल जान लागेका यात्रुहरु युएईमा अलपत्र परेका छन् ।
-
शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर बढ्यो
काठमाडौं, वैशाख ७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।
-
आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
काठमाडौं, वैशाख ६ – सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा फागुन २९ गते आगलागी हुँदा जलेर नष्ट भएको प्रदीप नेपालीको घर दक्षिण कोरियामा रहेका युवाहरुले निर्माण गरिदिने भएका छन् ।
मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु
-
तपाईंको बोली पनि परदेशी सम्पर्कविहीन हुने कारण बन्न सक्छ मलेसियाबाट श्रीमानले पैसा पठाई दिन्छु भन्दा निशा फुरुङ्ग थिइन् । भोलिपल्ट श्रीमानले फोन गरेपछि भने निशा रिसले चुर भइन् । पैसा पठाइदिने भनेका श्रीमानको कुरा फेरिएछ । श्रीमानले निशालाई पुलिसले पैसा खोसिदियो भनेपछि उनलाई धेरै रिस उठेछ । उनले पनि रिसको झोंकमा पैसा जति सबै कुन केटी खुवायौ होला भनिदिइन् । उनलाई पुलिसले पनि पैसा खोस्छ त भन्ने लागेर त्यसो भनेकी हुन रे । उनले त्यति भन्न नपाउँदै फोन काटेका श्रीमानले त्यसपछि फोन गरेका छैनन् । पार्वतीका छोरा मलेसियामा थिए । उनले छोरालाई फोनमा ट... पुरा पढ्नुहोस
-
१७ वर्षको उमेरमै कतार पुग्दा एसएलसी दिएको थिएँ । त्यो भन्दा माथि पनि पढ्न मन थियो । तर घरको आर्थिक अवस्थाले गर्दा मैले त्यो भन्दा धेरै पढ्न सकिन । त्यतिबेला गाउँबाट सबैजना विदेश गइरहेका थिए । मलाई विदेशको बारेमा थाहा थिएन । अरुले कमाइ हुन्छ भन्ने सुनाए । पढ्न पैसा थिएन । घरमा यतिकै बस्नु भन्दा त विदेश गएर कमाउँछु भन्ने लाग्यो । विदेश जान्छु भन्ने शब्द मेरो मुखबाट उम्कन नपाउँदै दलालले मैले सुनेको भन्दा पनि राम्रा कुरा सुनाए । एसीको पसलमा हो काम । उनले मलाई किन्न आउने गाह्रकलाई एसी देखाउने र घरमा गएर एसी फिट ग... पुरा पढ्नुहोस
रेडियो कार्यक्रम
-
देश परदेश ३०३
कार्यक्रम देश परदेशको अंक ३०२ अवसरको खोजिमा विदेशिने नेपालीहरुमा केन्द्रित छ । कार्यक्रममा रुकुमका प...
Download Podcast -
देश परदेश ३०२
Download Podcast -
देश परदेश ३०१
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस