MENU

प्रश्न उत्तर

५४ रिंगिट लेबि काटिन्छ भनी पठाएको अहिले यहाँ हाम्रो १५४ रिंगिट लेबि काटीरहेको छ। अब हामीले के गर्ने होला ?

मदन बोहोरा / मलेसिया

प्रश्नः नेपालमा ५४ रिंगिट लेबि काटिन्छ भनी पठाएको अहिले यहाँ हाम्रो १५४ रिंगिट लेबि काटीरहेको छ, आइतबार  दोहोरो र सार्वजनिक बिदामा पनि तलब हुन्छ भनी पठाएको यहाँ हामीलाई केही पनि सुबिधा छैन, अब हामीले के गर्ने होला ?


उत्तरः मदन जी, प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)का महासचिव सोमप्रसाद लामिछानेका अनुसार ४५ रिंगिट लेबि काटिन्छ भनेर गरिएको कागज छ कि छैन त्यो चाहिँ महत्वपूर्ण हुन्छ। छैन भने पनि तपाईंलाई समस्या परेको छ। तपाई प्रवासी नेपाली समन्वय समितिको मलेसियामा रहेका सम्पर्क अधिकृत रामचन्द्र नेपाललाई १६६०४५६८० नम्बरमा सम्पर्क गरेर आफ्ना समस्या राख्न सक्नुहुन्छ। तपाईंलाई उहाँले सहयोग गर्नुहुन्छ। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।