MENU

प्रश्न उत्तर

युएईको नयाँ नियम अनुसार सुरक्षागार्डको कामको लागी १० पासको प्रमाण पत्र प्रमाणीत गर्न के गर्नुपर्छ ?

बैकुण्ठ खरेल / दुवई

प्रश्नः म दुवईमा सुरक्षागार्डको नोकरी गर्दछु। युएईको मिनिस्ट्रि अफ फरेनको नयाँ नियम अनुसार कम्पनीले १० पासको सर्टिफिकेट भेरीफाइ गर्न भनीरहेको छ।  यहाँ पुग्नु भन्दा पहिला नेपालबाट नि छाप गर्नु पर्छ रे, के कसरी गर्ने हो बताइदिनुहोला।


उत्तरः वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङका अनुसार दुवई सेक्युरिटीमा काम गर्न शारीरिक, सुरक्षा सम्बन्धी तालिम र काम गरेको अनुभव सँगै १० कक्षा पास गरेको हुनुपर्छ। सेक्युरिटीमा काम गर्नुअघि लिइने पिएसबिडी परीक्षाका लागि न्युनतम शैक्षिक योग्यता १० कक्षा पास तोकिएको हो। १० कक्षा पास गरेको प्रमाणपत्र नेपालमा परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागले प्रमाणित गरिदिन्छ। आबुधावीमा रहेको नेपाली दूतावासमा पनि प्रमाणपत्र प्रमाणित गर्न सम्पर्क गर्न सकिन्छ। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।