MENU

प्रश्न उत्तर

आजाद भिसामा वैदेशिक रोजगारीमा जानु गैर कानूनी काम हो ?

अरुण क्षेत्री

प्रश्नः आजाद भिसामा कतार पठाउछु भन्दै एउटा दलालले दुई लाख ३० हजार लिएको चार महिमा भयो। मलाई पेन्टरको तिन महिने भिसा प्रिन्ट गरेर दिएको छ। धेरै पैसा लागेको र गैर कानूनी काम जस्तो लागेर आजाद भिसामा जान्न भन्दा, भिसा रद्द गर्न पैसा लाग्छ भन्छ। अनि हवाइ टिकट नकाट म जादिन भन्दा नि टिकट काटेर मलाई त जानै पर्छ गइनस् भने तेरो पुरै पैसा डुब्छ भन्छ। म के गरुँ ?


उत्तरः अरुण जि, पिपुल्स फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेका अनुसार, खाडीका देश र मलेसियामा  रोजगारीका लागि जान सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था अनुसार १० हजार रुपैयाँ मात्रै तिर्नुपर्ने नियम बनाएको छ। त्यसअनुसार तपाईंले बढी पैसा बुझउनु भएको छ। यो गैरकानूनी हो। दोस्रो कुरा जान्न भन्दा भन्दै कसैलाई पनि जबरजस्ती काममा पठाउन पाइँदैन। त्यो गलत हो। आजाद भिसालाई कुनै पनि देशको सरकारले अनुमति दिँदैन्। विदेशमा यस्तो भिसामा जाँदा तपाईंको मेडिकल, इन्स्युरेन्स् लगायत केही हुँदैन्। त्यसैले यो भिसामा गएर काम गर्नु गैरकानुनी जस्तै हो। विदेशमा तपाईंको जिम्मेवारी लिने कोही हुँदैन्।

त्यसैले तपाईं विदेश जान चाहानुहुन्न र तपाईंसँग पैसा तिरेको प्रमाण छ भने ती प्रमाण सहित तपाईं काठमाडौंको बुद्धनगरमा रहेको मानव अधिकारका लागि जनमन्च (पिपुल्स फोरम - ०१ ४४२३९७३) बाट सहयोग लिन सक्नुहुन्छ। यस संस्थाले तपाईंलाई निशुल्क कानुनी सहायत दिन्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।