MENU

प्रश्न उत्तर

म्यानपावरलाई बुझाएको पैसा र पासपोर्ट फिर्ता कसरी पाउछु ?

जगदिश

प्रश्नः मैले पोल्याण्ड रोजगारीका लागि म्यानपावरमा अप्लाई गरेको थिए। भिसा आउन ६ महिना लाग्छ भनेको थीयो। मैले एक लाख रुपैयाँ र पासपोर्ट बुझाएको ८ महिना भइसक्दा नि भिसा आएन। अब एक लाख रुपैयाँ र पासपोर्ट फिर्ता पाउन मैलै के गर्नु पर्छ ? साथै पोल्याण्डको भिसा आउन कति समय लाग्छ ?


उत्तरः जगदिश जी, पोल्याण्ड रोजगारीका लागि नेपाल सरकारले खुल्ला गरेको देश हो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव कमल तामाङका अनुसार, पोल्याण्डले कृषि र कुखुरा फार्ममा कामदार लैजान्छ। तपाईंले भरपर्दो म्यानपावरबाट पोल्याण्ड जाने प्रक्रिया गर्न सक्नुहुन्छ। पोल्याण्डका लागि भिसा नेपालबाट लाग्दैन। म्यानपावर व्यवसायीले भारतको दिल्लीमा रहेको पोल्याण्डको दूतावासबाट भिसा स्टाम्प लगाइदिन्छन्। पोल्याण्ड जानका लागि ८० हजार रुपैयाँसम्म तिर्न पर्छ।

कानून अनुसार तपाईंको पासपोर्ट कुनै संस्था वा व्यक्तिले तीन महिना भन्दा धेरै समय राख्न वा ‘होल्ड’ गर्न पाउँदैन। म्यानपावर कम्पनीले तीन महिना भन्दा धेरै समय देखि तपाईंको पासपोर्ट राखेको हो भने त्यो गैरकानूनी काम हो। त्यसका लागि तपाईंले वैदेशिक रोजगार विभागमा गएर उजुरी दिन सक्नुहुन्छ। विभागको कार्यालय काठमाडौंको बुद्धनगरमा छ। अथवा तपाईंले नजिकको प्रहरी कार्यालयमा गएर उजुरी दिन सक्नुहुन्छ।

तपाईंसँग म्यानपावरलाई एक लाख बुझाएको रसिद छ भने म्यानपावर विरुद्ध काठमाडौंको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा प्रमाणसहित उजुरी दिन सक्नुहुन्छ। म्यानपावरलाई पैसा दिएको रसिद भए तपाईंले सजिलैसित पैसा फिर्ता पाउनुहुनेछ। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।