MENU

प्रश्न उत्तर

विदेशमा रहेका नेपाली नागरिकले नेपाल प्रहरीले जारी गर्ने चारीत्रिक प्रमाणपत्र कसरी बनाउन सक्छन् ?

बि सापकोटा / दुवई

प्रश्नः म अहिले भिजिट भिसामा दुवईमा छु। मैले नेपाल प्रहरीले जारी गर्ने चारीत्रिक प्रमाणपत्र कसरी बनाउन सक्छु ?


उत्तरः तपाईं आफै उपस्थित हुन नसक्ने भएमा तपाईंको आफन्तले प्रहरी रिपोर्ट बनाइदिन सक्नुहुन्छ। त्यसको लागि तपाईंको आफन्तले आफ्नो सक्कली नागरिकता सहित निम्म कागजात लिएर प्रहरी हेडक्वार्टर, नक्साल काठमाडौंको चालचलन शाखामा जानु पर्छ।

चाहिने कागजातः

(विदेशमा रहेका नेपाली नागरिकहरूका लागि)

क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
      १) पृष्ठ नं - २, ३ तथा ३१ ।
      २) अन्तिम पटक नेपाल छोडदाको Nepal Immigration Departure Stamp भएको पृष्ठ ।
ख) नागरिकताको प्रतिलिपी थान १ ।
ग) पासपोर्ट साइजको रंगीन फोटो थान २ । 

निवेदन वुझाउने समय: - शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।

तपाईंले तलको लिङ्कमा गएर बाँकी कुरा बुझ्न सक्नुहुन्छ।

https://cid.nepalpolice.gov.np/index.php/notices/police-clearance-report

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।