MENU

प्रश्न उत्तर

कम्पनी बन्द भएर करार अवधी नसकी नेपाल फर्काएमा के कस्तो सहायता पाइन्छ ?

अर्जुन बुढाथोकी

प्रश्नः वैदेशिक रोजगारको सिलसिलामा जति अवधीको करारमा गएको हुन्छ त्यो बिचमा कम्पनी बन्द भएर करार अवधि नसकी नेपाल फर्काएमा के कस्तो सहायता पाइन्छ यो सम्बन्धी के प्रावधान छ ? 


उत्तरः अर्जुन जी, हामीले तपाईंको प्रश्न पिपुल्स फोरममा आवद्ध अधिवक्त कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौं । उहाँका अनुसार, कम्पनी बन्द हुँदा यही सहायता पाइन्छ भन्ने कानुनी प्रवधान छैन । तर करार अवधिभर काम गर्न नपाउँदा कामदार मर्कामा पर्ने भएकाले करार अवधिभरीको तलब दावी गर्न पाइन्छ । र, क्षतिपूर्ति पनि पाइन्छ । पिपुल्स फोरमले तपाईंलाई निःशुल्क कानुनी सहायता दिन्छ । सहायता र  थप जानकारीका लागि ९८४१४२२४७१मा सम्पर्क गर्न सक्नुहुन्छ ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।