MENU

मेरो पनि भन्नु छ

दोहा, कतार

मरुभुमिको यो तातो घाममा दिनभरी गैती र बेल्चा हान्नुपर्छ। न त भने जस्तो खान पाइन्छ न थकाइ लाग्यो भनेर थकाइ नै मार्न पाइन्छ। खाना पनि बासिभात खानुपर्छ। नत राख्ने ठाउँ छ ल्याएर एउटा खजुरको बोट मुनि राखेर काम थाल्नुपर्छ। भरे खाने बेलामा त्यो तातो घामले गजज्ज पानी आइराखेको हुन्छ। बाध्यता, त्यसैलाइ पानी हालेर पखालेर खानुको बिकल्प अरु केनै छ  र? खुन र पसिनामा निथ्रुक्क भिजेर यो दुःखी जीवन यस्तै छ। यस्तो परिश्रम गर्ने हो भने त हाम्रो देशमा सुन फलाइन्छ। जय मार्तीभुमी। 

सुझाव प्रतिक्रिया पठाउनुहोस

तपार्इंका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईंका सुझाव र प्रतिकृया [email protected] मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईंका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।