रेमिट व्यवसायीको माग : रेमिट्यान्सबाट एक लाख रुपैयाँभन्दा धेरै पठाउन नरोक

 जेठ २९, २०७५ मंगलबार १९:३१:५१ | उज्यालो सहकर्मी

काठमाडा‌ैं - नेपाल रेमिटर्स एसोसियनले १ लाख रुपैयाँभन्दा धेरै रकम पनि रेमिट्यान्सबाट कारोबार गर्न दिन नेपाल राष्ट्रबैंकसँग आग्रह गरेको छ । 

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको विषयमा गरेको कार्यक्रममा एसोसियनका कोषाध्यक्ष दिवाकर थापाले केन्द्रीय बैंकले साउन १ गतेदेखि १ लाख रुपैयाँ भन्दा धेरै रकम बैंकबाट मात्रै कारोबार गर्नु भन्ने परिपत्र गरेको भन्दै त्यो परिपत्र फिर्ता लिन आग्रह गर्नुभयो ।

‘राष्ट्रबैंकले अब रेमिट्यान्सबाट एक पटकमा १ लाख रुपैयाँभन्दा धेरै कारोबार नगर्नु भनेको छ, यसले त पुरै कारोबार बैंकमा नै गर भनेजस्तो भयो नी’ थापाले भन्नुभयो, ‘विदेशका केहि देशमा बाहेक धेरैजसो देशमा नेपालीको तलव १ लाख रुपैँया भन्दा धेरै छ, एक महिनाको तलव पठाउन पनि बैंकमा खाता खोल्नुपर्ने नियम व्यवहारिक छैन, १ लाखको सीमा बढाउन आग्रह गदछौं ।’

नेपालमा रेमिट्यान्स कम्पनी नभएको भए यतिधेरै रेमिट्यान्स भित्रिन्थ्यो त ? भन्दै थापाले केन्द्रीय बैंकले रेमिट कम्पनीको महत्व बुझ्नुपर्ने बताउनुभयो ।

‘कोरियामा रोजगारीका लागि जान थालेको १५ बर्षसम्म पनि रेमिट्यान्स भित्रिन सकेको थिएन, तर पोहोरदेखि प्राइभेट कम्पनीले त्यो सुविधा दिएको छ, त्यसैले हाम्रो महत्व बुझिदिनुप-यो’ एसोसियनका कोषाध्यक्ष दिवाकर थापाले भन्नुभयो ।

एसोसियनले नेपालबाट पनि विदेशमा रेमिट्यान्स पठाउने व्यवस्था गर्न आग्रह गरेको छ । 

तपाईको प्रतिक्रिया