युएईमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन, दूतावासद्धारा प्रशंसापत्र प्रदान

 असार ५, २०७५ मंगलबार १७:१५:५८ | उमाकान्त पाण्डे

युएई – वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ युएईमा प्रदर्शन गरिएको छ । २०७२ सालको भूकम्पमा परेर मुश्किलले ज्यान बचाएकाहरुमा केन्द्रित वृत्तचित्र आबुधाबी, सारजाह र दुवईमा प्रदर्शन गरिएको हो । 

प्रदर्शनपछि नेपाली दूतावास युएईले निर्देशक गणेश पाण्डे र निर्माती शारदा गैरेलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरेको छ । प्रशंसा पत्र प्रदान गर्दै युएईका लागि कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्री बनाउन सुझाउनुभयो ।

 वृत्तचित्र हेर्न पुग्ने सबैजना भक्कानिएर रोएका थिए । युएईमा वृत्तचित्र पुनः प्रर्दशन गर्न धेरैले अनुरोध गरेको र सम्भव भए फेरि पनि प्रर्दशन गरिने निर्देशक पाण्डेले जानकारी दिनुभयो । वृत्तचित्र युएईसहित विश्वका ३२ देशका ७५ भन्दा धेरै ठाउँमा प्रर्दशन भइसकेको छ ।
 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया